वासुदेब अधिकारी
एकताका ८० को हाराहारीमा रहेको फाइनान्स कम्पनीहरु बैंक तथा वित्तीय संस्थाहरुले पुँजी बढाउनुपर्ने र यसका लागि मर्जर गर्ने लहरका कारण फाईनान्स कम्पनीहरु घटेर १९ वटामा सिमित भएका छन् । सिनर्जी फाइनान्स र बेष्ट फाइनान्स अहिले मर्जर हुने क्रममा छन् । बाँकी रहेका फाइनान्समध्ये केही फाइनान्स कम्पनीहरु ठुलो आकारमा पनि रहेका छन् । गुडविल, आइसीएफ्सी, युनाइटेड र गोर्खाज फाइनान्सले ठूलो स्तरमा नै कारोबार गरिरहेका छन् । ०७४ असोज महिना सम्मको डाटालाई हेर्ने हो भने आइसिएफसी फाइनान्सको त सात अर्ब भन्दा बढीको कारोबार रहेको छ भने बाँकी तीन कम्पनीहरुको चार अर्ब भन्दा बढीको कारोबार रहेको छ ।
नेपाल राष्ट्र बैंकले तीन जिल्ले फाइनान्स कम्पनीहरुलाई ४० करोड र राष्ट्रियस्तरको फाइनान्स कम्पनीहरुलाई ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनका लागि निर्देशन जारी गरेको छ । अधिकांश फाइनान्स कम्पनीहरुले चुक्तापुँजी पुर्याइसकेका छन् भने कति फाइनान्स कम्पनीहरु पुर्याउने कसरतमा रहेका छन् । गुडविल, युनाइटेड आइसीएफसी, सिर्जनाले चुक्तापुँजी पुर्याइसकेका छन् । बाँकी फाइनान्स कम्पनीहरुले हकप्रद सेयर दिएर पुँजी पुर्याउन लागेकाले अलिक ढिला भएको हो । त्यसलाइ नेपाल राष्ट्र बैंकले अन्यथा लिएको छैन ।
बाणिज्य बैंकहरु तरलताको अभावका कारण अत्तालिएर हिडिरहेको वेलामा फाइनान्स कम्पनीहरुसँग भने तरलता पर्याप्त रहेको छ । उनीहरुको सिसिडि रेसियो ७० देखि ७१ प्रतिशतको हाराहारीमा रहेको छ । फाइनान्स कम्पनीहरुमध्ये केही फाइनान्स कम्पनीहरु जस्तै अरुण फाइनान्स, बेष्ट फाइनान्स, ललितपुर फाइनान्स र कुवेर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीचाँही समस्याग्रस्तबाट फुकुवा भएर आएका हुन् । त्यसैले राष्ट्र बैंकले उनीहरुलाई नजिकबाट सुक्ष्म रुपमा निगरानी गरिरहेको छ । उनीहरुको संसथागत सुसासन सुधार्नु जरुरी छ । राष्ट्र बैंकले उनीहरुलाई बोलाएर उनीहरुको लिगल इन्फाइन्स्टक्चर कस्तो छ ? संस्थागत सुसासन कस्तो छ ? आन्तरिक नियन्त्रण प्रणाली कस्तो छ ? यसबारे जानकारी लिइरहेका छौ । हामीले समस्याग्रस्तबाट फुकुवा भएका फाइनान्स कम्पनीहरुको त्रैमासिक रुपमा केही सुचकहरुमा हामीले क्लोज मोनिटरिङ गरिरिहेका छौ ।
फाइनान्स कम्पनीहरु घट्नुका कारण
पहिलो त संस्थागत सुसासनमा देखिएको समस्याका कारण फाइनान्स कम्पनीहरुको नेपाल राष्ट्र बैकले निरिक्षणमा कडाइ गरिसकेपछि अरु संस्थाहरुसँगको प्रतिष्पर्धामा टिक्न नसकेको अवस्थाका कारण पनि उनीहरु मर्जर वा एक्वीजीसनमा गएका हुन् । अर्को कारण हो चुक्तापुँजी बृद्धि । राष्ट्र बैंकले फाइनान्स कम्पनीहरुको चुक्तापुँजी बृद्धि गर्नका लागि निर्देशन दिएपछि आफै पुँजी पुर्याउन नसकेका फाइनान्स कम्पनीहरु कोही विकास बैंक र कोही बाणिज्य बैंकसँग मर्जर वा एक्वीजिसनमा गए जसका कारण फाइनान्स कम्पनीहरुको संख्यामा कमी आयो ।
बाणिज्य बैंकहरुले फाइनान्स कम्पनी लिनुको कारण
बाणिज्य बैंकहरुले फाइनान्स कम्पनीहरुलाई सहजै स्वीकार्नुका पछाडी धेरै कारण छन् । फाइनान्स कम्पनीहरुको उपस्थिति सहरमा बढी रहेको छ । बाणिज्य बैंकहरुले शहरमा एउटा शाखा खोल्नका लागि चारवटा शाखा ग्रामीण भेगमा खोल्नु पर्ने राष्ट्र बैंकको प्रावधान छ । त्यसले गर्दा पुँजीको लागत बढ्ने भयो । फाइनान्स कम्पनीहरु आफूमा समाहित गर्दा विजनेश अपग्रेडेसन गर्न सकिन्छ भन्ने उदेश्यबस पनि बाणिज्य बैंकहरुले सजिलैसँग फाइनान्स कम्पनी गाभ्ने वा किन्ने गरेका हुन् ।
अनुसन्धानबाट देखिएका समस्या
यत्तिखेर फाइनान्स कम्पनीहरुको सुपरिवेक्षणबाट आएको कैफियतहरु अध्ययन गर्दा कस्तो देखिन्छ भने शहरमा भएपनि फाइनान्स कम्पनीहरुको सिग्नीफीकेन्ट विजनेश ग्रोथ हुन सकेको छैन । धेरै ठूलो कम्पीटीसन छ । ए बर्ग र सि बर्गका ग्राहकहरु एउटै हुन् । शहरी ग्राहकहरु धेरै बार्गेनिड गर्छन् । फाइनान्स कम्पनीहरुलाई बेग्लै र विषेष खालको विजनेशको व्यवस्था छैन । त्यसो हुदा ग्राहकहरु उनीहरुतर्फ खासै आकर्षित हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले प्राथमिकताका क्षेत्र तोकेको छ । ति तोकिएको क्षेत्रमा आफ्नो लगानी बढाउन फाइनान्स कम्पनीहरुलाई निक्कै असहज भएको छ । त्यसको पनि कारण छ । फाइनान्स कम्पनीहरुको विजनेश भोलुम सानो छ । लागत पनि महंगो भएपछि उत्पादनशील क्षेत्र जस्तो जलबिद्युत लगायतका क्षेत्रमा उनीहरु जान सक्क्तैनन् ।
अर्को कुरा फाइनान्स कम्पनीहरुको बेस गाउँमा नभएर शहरमा नै हुन्छ र यहाँ नै तरलता अभावका समस्याहरु आइरहन्छन् । बेला बेलामा बाणिज्य बैंकहरुमा आउने तरलताको अभावको समस्या फाइनान्स कम्पनीहरुले पनि भोगी रहेका हुन्छन् । कहिलेकाही फाइनान्स कम्पनीका समस्याहरु पनि अन्ततिर जान्छ । तर अहिले तरलताको अभावको अवस्थामा पनि फाइनान्स कम्पनीहरु भने सहज अवस्थामा नै रहेका छन् ।
फाइनान्स कम्पनीहरुले याद गर्नुपर्ने पक्ष
फाइनान्स कम्पनीहरुले याद गर्नुपर्ने पक्षचाँही विजनेश ग्रोथ नभएपछि पुरानो सिमित कर्मचारीहरुले संस्था चलाइरहेका छन् । तर नेपाल राष्ट्र बैंकको अपेक्षाचाही समय समयमा निर्देशनहरु बढीरहेका छन् अलि प्रभावकारी ढंगले फाइनान्स कम्पनीहरु जाओस् भन्ने नै हो । बासेल २ उनीहरुलाई पनि आगामी बर्षदेखि अनिवार्य रुपमा लागु हुने छ । नेपाल राष्ट्र बैंकले चाही उस्तै प्रकारको निर्देशन बढाइरहेको छ । विजनेश भोलुम नबढेका कारण उनीहरुले मानब संशाधन बढाइरहेका छैनन् । गुणात्मक र सख्यात्मक रुपमा मानब शंसाधन नबढाएपछि उनीहरु राष्ट्र बैंकको निर्देशन डेलीभर गर्न सक्षम भइरहेका छैनन् । फाइनान्स कम्पनीहरुले मानब संसाधनमा चाही धेरै सुधार गर्नुपर्ने देखिन्छ । केही फाइनान्स कम्पनीहरुको भने सवै पक्षा धेरै राम्रो छ । उनीहरु आवश्यक नपरेपनि “बासेल ३ ” को रिपोटिङ गर्न तम्सिरहेको देखिन्छ ।
त्यस्तै फाइनान्स कम्पनीहरुको सफ्वेयर र टेक्नीकल क्यापासिटि सानो छ । सहरी कारोबार र सहरी पेमेन्ट गर्नुपर्ने हुदा उनीहरुले प्रविधिमा बढी लगानी गर्नुपर्ने देखिन्छ । उनीहरुले टेक्नीकल अपग्रेडेसनमा अलि बढी ध्यानदिनुपर्ने अवस्था रहेको छ । काठमाडौ बाहिरका दुईतीनवटा फाइनान्स कम्पनीहरु रहेका छन् । उनीहरुको रिटर्न हाइ देखिन्छ तर पुर्वाधार कम देखिन्छ । रिटर्न हाइ हुदा बजारमा ति संस्थाहरुको सेयर मुल्य बढेको हो । तर पुर्वाधारमा ति फाइनान्सहरु कमजोर छन् । ति सस्थाहरुको सञ्चालन खर्च कम हुन्छ । मुनाफा धेरै देखिएपनि पूर्वाधारको विकासको आधारमा हेर्ने हो भन फाइनान्स कम्पनीहरु निक्कै नै कमजोर रहेका छन् ।
विपन्न बर्ग कर्जा उनीहरुले नेपाल राष्ट्र बैंकले तोके अनुपातमा पुर्याउन नसके पनि राष्ट्र बैंकले कडाइ गरेको छैन भने नेग्लीजेन्सी पनि गरेको छैन । उनीहरुको बेस रेटको सवालमा पनि राष्ट्र बैंकले भनेजति ध्यान दिन सकेको छैन ।
बेस रेट भएन भने जरिवानाको नियम के छ भन्ने पनि स्पष्ट नभएको हुदा बेस रेट चाही भयो की भएन भनेर राम्रोसँग हेरेको छैन । स्प्रेडदरमा चाही यसपाली स्प्रेड नाघेकोलाई सजग र सचेत गराउने र अर्को बर्षदेखि कडाइका साथ लागु गर्ने विधिबाट राष्ट्र बैंक गइरहेको छ । निक्षेपकर्ताहरुलाई धेरै व्याज दिएमा टिक्न सक्तैनन् थोरै व्याजदर दिदा ग्राहक आउदैनन् यो मार चाही फाइनान्स कम्पनीहरुमा रहेको छ ।
संस्थागत निक्षेप नलिएकाले सुरक्षित
संस्थागत निक्षेप नलिएको कारण फाइनान्स कम्पनीहरु सुरक्षित रहेका छन् । कीनकी संस्थागत निक्षेप राख्दा निक्षेपकर्ताले आफ्नो रकम लगेर जादा फाइनान्स कम्पनीहरु डुव्छन् । अहिले संस्थागत निक्षेपकर्ताहरु विभिन्न बाणिज्य बैंकहरु चहारेका कारण बाणिज्य बैंकहरु जति पेनिक भएका छन्, त्यति फाइनान्स कम्पनीहरु छैनन् । उनीहरुलाई निक्षेपको समस्या छैन । फाइनान्स कम्पनीहरुको सर्वसाधरण ग्राहक नै बढी हुदा उनीहरु सुरक्षित छन् । ग्रोथ चाही हुदैन । फाइनान्स कम्पनी लगायत सबै बैंक तथा वित्तिय संस्थाहरुले सम्पत्ति तथा दायित्वको मिसम्याच नहुने गरेर वाइज्ली सम्पत्ति तथा दायित्वको व्यवस्थापन गर्ने गर्नुपर्छ । अर्को कुरा फाइनान्स कम्पनीहरुले सञ्चालक समिति पनि अझ बढी एक्टीभ र पुनर्ताजकीकरण गर्दै जाने गर्नुपर्छ ।
(लेखक नेपाल राष्ट्र बैंकको वित्त सुपरिवेक्षण विभागको कामू प्रमूख कार्यकारी निर्देशक हुनुहुन्छ ।)
प्रतिक्रिया