काठमाडौ । राधी बिद्युत कम्पनीको साधारण सेयर (आइपीओ) बुधबार बाँडफाँड गरेको छ । कम्पनीले पुस ३ गतेदेखि ६ गतेसम्म आइपीओ निष्काशन गरेको थियो । सदर भएका कुल एक लाख ६४ हजार ९९० आवेदकमध्ये गोलाप्रथाबाट ७१ हजार १०२ सर्वसाधारण आवेदकले दश कित्ता प्राप्त गरेका छन् । ७१ हजार १०३ आवेदकमध्ये रुसिका अग्रवाल एक मात्र ११ कित्ता सेयर प्राप्त गर्ने भाग्यमानी आवेदक बनेकी छिन् ।
कम्पनीले निष्कासन गरेको ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५५० कित्ता सेयरका लागि एक लाख ६६ हजार ३१७ वटा आवेदन परेको थियो । त्यसमध्ये एक हजार ३२७ वटा आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।
कुल ७ लाख ६४ हजार ५५० कित्ता सेयरमध्ये कर्मचारीलाई १५ हजार २९१ कित्ता र सामुहिक लगानी कोषका लागि ३८ हजार २२८ कित्ता सेयर छुट्याइएको थियो । बाँकि रहेको ७ लाख ११ हजार ३१ कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिएको हो
राधी बिद्युत कम्पनीको निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकि लिमिटेडका अनुसार आइपिओका ९५ हजार २१४ आवदेकले कम्पनीको सेयर पाएनन् । साधारण सेयर वितरण गरेसँगै कम्पनीको चुक्ता पूँजी ४१ करोड रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया