काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरी बढाएको छ । निगमले अन्तराष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरेको हो । भारतीय आयल कर्पोरेशनको नयाँ मूल्यसूची अनुसार निगमले इन्धनको मूल्यमा समायोजन गरेको हो ।
निगमले पेट्रोलमा १ रुपैयाँ, डिजेल र मटितेलमा २\२ रुपैयाँ मूल्यवृद्धि गरेको छ । यो नयाँ मुल्य बुधबार राति १२ बजेबाट लाुगु हुने पनि निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०३ रुपैयाँ पर्ने छ । डिजेल र मट्टतिेलको एक लिटरको मूल्य ८१÷८१ रुपैयाँ पुगेको छ । यसअघि गत पुस १७ गतेपनि निगले इन्धनमा मूल्यवृद्धि गरेको थियो ।
प्रतिक्रिया