काठमाडौं । सिटिजन्स् म्युचुअल फण्डमा आवेदन दिने म्याद थपिएको छ । सिटिजन्स बैंकको सहायक कम्पनी सि.बि.आई.एल क्यापिटलले निष्कासन गरेको सिटिजन्स् म्युचुअल फण्डको सबै इकाइका लागि आवेदन नपरेपछि आवेदन गर्ने समय थप गरिएको हो ।
सात बर्षे अवधिको उक्त म्युचुअल फण्डले औसतमा साढे २२ प्रतिशतका दरले वार्षिक प्रतिफल दिने लक्ष्य लिएको थियो । तर सो प्रतिफल बढी नै महत्वकांक्षी भएर लिइएकोले लगानीकर्ताहरु त्यसतर्फ आकर्षित भएनन् ।
यो सी.बी.आई.एल क्यापिटलको पहिलो म्युचुअल फण्ड हो । यसले पनि ईकाई बिक्रीबाट संकलन भएको अधिकांश रकम सेयर बजारमै लगानी गर्ने जनाएको छ ।
अहिले बजार घटीहेको छ, यस्तो अवस्थामा फण्डले बार्षिक २२ प्रतिशतको प्रतिफल दिने सम्भावना छैन । यदी २२ प्रतिशत बार्षिक प्रतिफल दिनका लागि सेयर बजार २५ सय अंक भन्दा माथि हुनुपर्ने छ ।
सी.बी.आई.एल क्यापिटलले माघ २ गतेदेखि एक अर्ब बराबरको सामूहिक लगानी कोषको दश करोड इकाई बिक्रीमा ल्याएको छ । बिचमा सार्वजनिक विदा परेपछि फण्डमा सबै इकाइमा माग नपरेपछि समय थप गरिएको क्यापिटलले जनाएको छ ।
फण्डमा आवेदन गर्ने समय ढिलोमा माघ १७ गतेसम्म रहेको छ । विक्रीमा ल्याएको १० करोड इकाइका लागि माग आवेदन परेमा भने क्यापिटलले बिचमा पनि आवेदन बन्द गर्न सक्नेछ । चार दिनको अवधि आईतबार बेलुकासम्ममा फण्डमा ११ हजार आवेदकबाट पाँच करोड इकाईका लागि ५० करोड रुपैयाँ बढीको आवेदन परेको छ ।
कम्पनीका अनुसार प्रतिइकाई १० का दरले न्यूनतम १०० इकाई अर्थात १०० रुपैयाँ र अधिकतम २० लाख इकाई अर्थात दुई करोड रुपैयाँ बराबरको आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया