काठमाडौं । सिभिल बैंक लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेडबिच रकम आदानप्रदान गर्ने सम्बन्धमा दुई पक्षिय सम्झौता भएको छ । सो सम्झौता पत्रमा सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित शाक्य र एक्सिस बैंकका फाईनान्सिएल ईन्स्टीच्यूसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एल. श्रीरमनले हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि मुख्यतया भारतमा कार्यरत तथा त्यहाँ बसोबास गर्दै आएका नेपालीहरु लाभान्वित हुने सिभिल बैंकले जनाएको छ ।
भारतको प्रतिष्ठित निजी क्षेत्रको अग्रणी बैंक एक्सिस बैंक लिमिटेडले भारतभर रहेका दुई हजार शाखा मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । अब यी शाखाहरु मार्पmत सिभिल बैंकका ५६ शाखाहरुमा सहजै रकम पठाउन सकिने छ ।
प्रतिक्रिया