वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अचानक एनसीसी बैंकमा सिआइबीको छापा

अर्थटुडे
२०७४ चैत्र २, शुक्रबार

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकको केन्द्रिय कार्यालयमा बोर्ड बैंठक जारी रहेकै समयमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी)ले छापा मारेको छ ।

शुक्रबार सिआइबीको टोलीले एनसीसी बैंकसँग एपेक्स डेभलपमेन्ट बैंक मर्ज हुदा करिव २ अर्ब रुपैयाँ घोटला भएको आशंकामा छापा मारेको हो । प्रहरीले केहीवेरमै घटना बारे विस्तृत विवरण सार्वजनिक गर्ने सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले बताए ।

सीआईबी स्रोतका अनुसार प्रहरी ३० भन्दा बढी अधिकारीलाई पक्राउ गरेको छ । यद्यपि, उनीहरुको विवरण अहिले सार्वजनिक गरिएको छैन ।

यसअघि खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले एक अर्ब ७० करोड रुपैयाँको ऋण जारी गरेको थियो । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ