काठमाडौ । सरकारको आर्थिक वर्ष २०७०/७१ मा ९६ अर्व रुपैयाँ फ्रिज भएको छ । गत आर्थिक वर्षका लागि सरकारले ५ खर्व १७ अर्व २४ करोड रुपैयाँको बजेट ल्याएको थियो । असार २३ गते सम्ममा सरकारका पुँजीगत खर्च ७४ प्रतिशत मात्र रकम खर्च भएको छ ।
गत चैत सम्ममा सरकारले ३७ प्रतिशत रकम मात्र खर्च गरेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख गरिएको थियो । करिव तीन महिनाको अवधिमा पँुजीगत खर्च ह्वात्तै बृद्धि भएको भएपनि सरकारको लक्ष्य अनुरुप भने अझै खर्च हुन सकेको छैन । पुँजीगत खर्चतर्फ सरकारले ८५ अर्व १० कराड रुपैयाँ छुट्याएाकेमा ६३ अर्व ५२ करोड ३७ लाख रुपैयाँ मात्र खर्च भएको छ ।
समयमा ठेक्का लगायउन नसक्नु, कार्यस्थलमा स्थानीयले गरेको अवरोध लगायतका प्रमुख समस्याका कारण विकास खर्चमा सरकारले खर्च गर्न नसक्नुको प्रमुख कारण रहेको अर्थमन्त्रालयले बताएको छ ।
त्यसैगरी रकारले चालु खर्च पनि लक्ष्य अनुसार गर्न सकेको छैन । गत आर्थिक वर्षमा ३ खर्व ५३ अर्व ३७ करोड ७७ लाख रुपैयाँ छुट्याएकोमा असार मसान्त सम्ममा २ खर्व ९७ अर्व ६७ करोड रुपैयाँ मात्र खर्च भएको अर्थमन्त्रालयले जनाएको छ । यो ८४ प्रतिशत मात्र हो ।
वित्तिय व्यवस्थापन तफए ७८ अर्व ५२ करोड छुट्याएको भएपनि ५९ अर्व ९२ करोड रुपैयाँ मात्र खर्च भएको छ । आर्थिक वर्ष सकिन लादा पनि सरकारले लक्ष्य अनुरुप खर्च गर्न नसक्दा राष्ट्रिय गौरवका आयोजनाहरुमा समस्या भएको अर्थमन्त्रालयले जनाएको छ । बजेटमा पहुँचवाला नेता र ठूला राजनीतिक दलले आफ्नो प्रभाव देखाउनका लागि हचुवाका भरमा बजेट बाड्ने प्रबृत्तिका कारण पनि पुँजीगत खर्चमा बृद्धि हुन नसकेको पाइएको छ ।
प्रतिक्रिया