जनार्दनदेव पन्त
प्रमुख कार्यकारी अधिकृत निर्धन उत्थान बैंक
जनार्दनदेव पन्त निर्धन उत्थान बैंकका प्रमूख कार्यकारी अधिकृत हुन् । उनी २०१५ सेप्टेम्वरदेखि यस बैंकमा सिइओ भएर काम गरिरहेका छन् । सन् २०१० देखि २०१५ अगष्ट सम्म पन्त नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालक थिए । उनले हिमालयन बैंकबाट बैकिङ क्यारियर सुरु गरेका हुन् । त्यहाँ उनले ११ बर्ष विताए । उनी जिल्ला सिँचाइ आयोजना रुपन्देहीमा पनि प्रमूख भएर काम गरे । त्यस्तै उनीसँग नेपाल औद्योगिक विकास संस्थानमा काम गरेको पनि अनुभव रहेको छ । उनले ओक्लामा सिटि युनिभर्सीटीबाट एमबीए गरेका हुन् । उनीसँग विजनेस प्लसले गरेको कुराकानीको सारांशः
अहिले बैंक तथा वित्तिय संस्थाहरुमा लगानी योग्य रकमको अभाव भइरहेको छ, लघुवित्त संस्थाहरुलाई यसको असर कस्तो परेको छ ?
लघुवित्त कार्यक्रम भनेको ऋण दिने मात्र नभएर वचत जम्मा गर्ने, कर्जा लगानी गर्ने तथा बीमा र बिप्रेषण सेवा पनि संगै उपलब्ध गराउदै जाने हो लघुवित्तहरुले कहिल्यै पनि आफ्ना सेवाहरु बाणिज्य बैंकहरुले जस्तो कर्जा लगानी गर्ने र वचत जम्मा गर्नेमा सीमित गर्दैन । ग्राहकहरुलाई बित्तिय साक्षरता, उधमशिलता, सीप तथा नेतृत्व विकास तालिमहरु प्रदान गर्दछन् । त्यस्तै लघुवित्तहरुले गाँऊघरमा गठित महिला समुहरुमा आइइसी (सुचना शिक्षा र सञ्चारका ) कक्षाहरु मार्फत स्वास्थ्य, शिक्षा, सामाजिक कुरीतितथा समसामयीक विषय वस्तुहरुमा सुचना पनि प्रदान गर्दछन् । यसले लाखौ ग्रामिण महिलाहरु लेख्न पढ्न जान्ने, आफ्ना कुराहरु प्रष्टसंग राख्न र बोल्न सक्ने र साहासिक नेतृत्व लिन सक्ने भएका कयौं उदाहरणहरु छन् ।
त्यसैले आफ्नो स्ट्रेन्थ हेरेर प्रोडक्ट डिजाइन गर्नु पर्दछ ऋणको सदुपयोगीताको मूल्यांकन पनि आवश्यक छ सोही अनुरुप रि पेमेन्टमा पनि फोकस हुनु पर्दछ । लगानी योग्य रकमको मात्रा स्रोत हेरेर मात्र मोष्ट प्रोडक्टिभ युजमा लगानी गर्नु पर्दछ । लघुवित्त संस्थाहरुले निरन्तर रुपमा नयाँ नयाँ इनोाभेसन गरेर आफ्नो प्रोडक्ट डिजाइन गरी ग्राहकमुखी भई ब्याजदर घटाउदै लैजानु पर्ने हुन्छ । लघुवित्तको मूल्य र मान्यता विपरित लघुवित्त कार्यक्रम संचालन गर्नु हुँदैन ग्राहकमुखी भएर सेवा सुविधा दिईरहनु पर्ने हुन्छ । तसर्थ लगानी योग्य रकमको अभाव सृजना हुन नदिन त्यसको ब्यवस्थापन पक्ष सबल बनाउनु नै लघुवित्त कार्यक्रमको स्थायित्वकोलागी महत्वपूर्ण हुन्छ ।
लघुवित्त संस्थाहरुले पनि बाणिज्य बैंकहरुबाट नै ऋण लिएर जनतामा ऋण प्रबाह गर्ने हो, अहिले त लघुवित्तबाट लिएको ऋणको व्याज कत्ति सम्म पुगेको छ ?
यस्तो अवस्थामा लघुबित्त संस्थाहरुले आफ्नो संचालन खर्च घटाउदै लग्नु आवश्यक छ । वाणिज्य बैंकहरुको सिडी रेसियो ८० प्रतिशतको नजिक भएको अवस्थामा ब्याजदर अटोमेटिकल्ली बढी नै हाल्छ ।
नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थारुमा स्प्रेडदर ७ प्रतिशत र बार्षिक व्याजदर १८ प्रतिशत भन्दा माथि जान नहुने व्यवस्थालाई कार्यान्वयन गरेको छ, यसले लघुवित्त संस्थाहरुमा कस्तो असर गरेको छ ?यसले लघुवित्त संस्थाहरुलाई आफ्नो कार्य दक्षता र गुणस्तरको वृद्धि गर्न प्रेरणा दिएको छ । साथै कर्जा लगानी निर्णयमा गुणस्तर कायम गर्न प्रोत्साहन गरेको छ । जसले गर्दा ग्राहकहरुलाई पनि ठूलो राहत मिलेको छ । साच्चै भन्ने हो भने यसले लघुवित्तमा डुप्लीकेशन घटाउन थोरै भएपनि मद्दत पु¥्याएको छ ।
लघुवित्त क्षेत्र सेवामुखी भन्दा बढी नाफामूखी भएको हो ?
लघुवित्तको उद्देश्य नै सेवामुखी हो । लघुवित्त आफैमा एउटा सामाजिक आन्दोलन हो । लघुवित्त संस्थाका ९९ प्रतिशत भन्दा बढी ग्राहकहरु महिला छन् । त्यसमा पनि आम रुपमा आर्थिक तथा सामाजिक रुपमा पछाडी पारिएका वर्ग, क्षेत्रका महिलाहरुको सहभागिता बढी छ । यसले आफ्ना ग्राहक सदस्यहरुलाई वित्तीय सेवा मात्र प्रदान नगरी उनीहरु बीचमा नेतृत्व विकास, वित्तीय साक्षरता, समुह परिचालन,पिर सपोर्ट तथा पिर प्रेसरको संस्कार विकास गरी समाजलाई रुपान्तरण गर्ने कार्य गरेको छ । लघुवित्तमा आवद्ध भएको र नभएको महिलाको वीचमा नेतृत्व क्षमतामा निकै फरक रहेको अवस्था देखिन्छ । संस्थाको विस्तार गर्न र आफ्ना ग्राहक सदस्यको सेवा सुविधा बढाउन पनि लघुवित्त संस्थाले निश्चित रुपमा नाफा त कमाउनु नै पर्छ । लघुवित्तका मूल्य र मान्यता अनुरुप चल्ने संस्थाहरु त्यस्तो बढी नाफामुखी छैनन् ।
नेपाल राष्ट्र बैंकले विपन्न बर्ग कर्जा हटाउने विषयमा अध्ययन गरिरहेको छ , यदी विपन्न बर्ग कर्जा हटेको अवस्थामा लघुवित्त संस्थाहरु कसरी अगाडी बढ्छन् ?
लघुवित्त कार्यक्रम भनेको ऋण दिने मात्र नभएर वचत जम्मा गर्ने र कर्जा लगानी गर्ने दुवै कार्य संगै जाने हो लघुवित्त आफैले सेभिङ्ग र क्रेडिट दुवै कामगर्ने हुँदा लघुवित्त संस्थाहरुले निरन्तर रुपमा नयाँ नयाँ इनोभेसन गरेर आफ्नो प्रोडक्ट डिजाइन गरी ग्राहकमुखी भई ब्याजदर घटाउदै लैजानु पर्ने हुन्छ । ग्राहकको वचत गर्ने बानीमा सुधार ल्याउने गरी नीति अवलम्बन गर्नु पर्दछ । वृद्धिको लागि ग्राहकको वचत रकम परिचालन गर्नु पर्ने हुन्छ । लगानी योग्य रकमको अभाव सृजना हुन नदिन त्यसको ब्यवस्थापन पक्ष सबल बनाउनु नै महत्वपूर्ण हुन्छ ।
लघुवित्तहरु संस्थाहरुमा एक आपसमा अस्वस्थ प्रतिष्पर्धा रहेको देखिन्छ यसले बजारमा कस्तो असरपारिरहेको छ ?
यसले बजारमा कन्जुमर लेण्डिङ्ग मुभमेन्टको जन्म गराएको छ । लघुवित्तको उद्देश्य विपरित कार्य गर्ने संस्थाहरुमा खराब ऋण बढेर जान्छ । त्यस्तो म्ष्कजयलयचबदभि ब्अतष्यल ले लघुवित्तको सम्मान पनि हराउने अवस्था आउन सक्छ । कन्जुमर लेन्डिङ को अवस्थामा क्लोज मोनिटरिङ नभएमा ग्राहक र लघुबित्त संस्थाको सम्बन्ध बिग्रन सक्छ । मार्केट ओभर स्याटर्डड भएको अवस्था आउन सक्छ । लघुवित्त संस्थाहरुमा एक आपसमा अस्वस्थ प्रतिस्पर्धाले मल्टिपल फाइनान्स गराउनमा पनि त्यतिकै भुमिका रहेको छ ।
. ऋणीहरुको डुव्लीकेसन अत्यधिक रहेको देखिन्छ नी?ऋणीहरुको डुब्लीकेसन लघुबित्त सिद्धान्त विरोधी हो । लघुबित्तले पूंजी नभएका तर उद्यमशिलता भएका गरिबहरुलाई पूंजी र सिप पुर्याई उनिहरुको उद्यमशिलतालाई बढाउन सहयोग गर्ने हो । कर्जा प्रवाह गर्दा डुब्लीकेसनबाट जोगिन पर्दछ ।हालको स्थिति हेर्दा डुप्लीकेसनको अवस्था त भयावह नै देखिन्छ ।
लघुवित्त संस्थाहरु आफ्ना सदस्यलाई उद्यमी बनाउनु भन्दा ऋण दिनमै केन्द्रित भएको आरोप छ नि?
त्यो आरोप मात्र हो,लघुवित्तले गरीबहरुलाई उनीहरुका चाहना र दक्षता अनुसार आफ्नो व्यवसाय संचालन गरी स्वरोजगार सृजना गरी आय आर्जन गर्न सहयोग पु¥्याएको छ । वित्तीय पहुँचले ग्राहकको स्वतन्त्रता निर्धारण गर्ने हुदा आज भन्दा २५ वर्ष पहिले देखि लघुवित्त सेवा दिइरहेका लघुवित्त संस्थाबाट कर्जा लिई कर्जाको सही सदुपयोग गर्ने अधिकांश ऋणीहरु जिवीकोपार्जनबाट ब्यवसायिक रुपमा स्थापित पनि भईसकेको अवस्था छ ।
अन्त्यमा, निर्धन उत्थान बैंकको आगामी योजनाहरु के के रहेका छन् ?
हाम्रो मुख्य उद्देश्य नै गरीबीन्यूनीकरण गर्नका लागि लघुवित्तका मूल्य र मान्यता अनुरुप संस्था चलाउने र ग्राहकमुखी भई सके सम्म खर्च व्यवस्थापन गरेर बढी भन्दा बढी सेवा सुविधा प्रवाह गरेर लघुउद्यमी बनाउने हो । यसैमा केन्द्रित भई आफ्नो सेवा विस्तार गर्दैछौं । नेपालको ७७ वटै जिल्लामा शाखा भएको एक मात्र लघुवित्त संस्था निर्धन उत्थान हो । हामी जहां बढि गरिबी छ त्यही उपस्थिती बढाउदैछौ । यहि गतिमा जान सकेमा हामीलाई बिश्वास छ नेपालमा गरिबीलाई शुन्यमा ल्याउन सकिन्छ ।
प्रतिक्रिया