काठमाडौं । यातायात ब्यवस्था विभागले रत्नपार्क—नयाँबसपार्क रुट परमिट खारेज गरेको छ ।
विभागले शुक्रबार रत्नपार्क नयाँ बसपार्क रुटमा चल्ने सम्पूर्ण सार्बजनिक सवारी साधनको रुट परमिट खारेज गरेको हो ।
यो रुटमा २६ वटा माइक्रो संचालनमा रहेका थिए ।
यातायात व्यवसायी समिति खारेज गर्ने सरकारको निर्णय विरुद्ध व्यवसायीहरु हड्तालमा उत्रिएपछि रुटको परमिट खारेज गर्न थालिएको विभागले जनाएको छ ।
खारेज भएको रुटमा कम्पनीको नाममा दर्ता भएका गाडीलाई परमिट दिने विभागको तयारी छ ।
प्रतिक्रिया