वि.सं. २०८२ असार १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारले राख्यो १० बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

अर्थटुडे
२०७५ जेष्ठ ७, सोमबार

काठमाडौं । सरकारले पाँच बर्षभित्रमा पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । बाम गठबन्धनको सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी पाँच बर्ष भित्रमा पाँच हजार र १० वर्षभित्रमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको हो ।

त्यसैगरी गठबन्धनको सरकारले सिमेन्ट उद्योगको उत्पादनमा बृद्धि गरी निर्यात गर्ने समेत नीति लिएको छ । हाल नेपालमा सिमेन्ट उद्योग फष्टाउदै गएको छभने सिमेन्टमा नेपाल आत्मनिर्भर बन्न सक्ने सम्भावना समेत रहेको छ ।
त्यसैगरी सरकारले धान, गहुँ र उखुको मुल्य तोक्ने, काठमाडौं— निजगढ फास्ट ट्रयाकलाई आगामी ५ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने, आगामी पाँच बर्षभित्रमा मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गको पनि सम्पूर्ण निर्माण पूरा गर्ने लक्ष्य राखेको छ ।

सरकारले अर्को बर्ष भैरहवाको गौतमबुद्ध क्षेत्रिय विमानस्थल तथा तीन वर्षभित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी सरकारले झापाको शान्तिनगरदेखि डँडेलधुरा सम्मको मदनभण्डारी राजमार्गको निर्माण सुरु गरी ५ वर्षमा पूरा गर्ने लक्ष्य राखेको छ । निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा प्रोत्साहित गर्ने तथा लगानीमैत्री वातावरणका लागि अनुकुल सम्बन्ध र लगानी तथा मुनाफाको सुरक्षा समेत गर्ने नीति कार्यक्रममा उल्लेख छ ।

यसैगरी स्वदेशी उत्पादनलाई बढावा दिँदै उत्पादनको बृद्धि, रोजगारी सिर्जना र बितरणमा सहकारीको भूमिका प्रभावकारी बनाउने समेत उल्लेख छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ