वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोबल आइएमईद्धारा कम्प्युटर सहयोग

अर्थटुडे
२०७५ जेष्ठ १०, बिहीबार

काठमाडौं । ग्लोबल आइएमई बैंकले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका २ स्थित भुवनेश्वर माध्यमिक विद्यालय र अमरगढी नगरपालिका ३ स्थित घटाल माध्यमिक विद्यालयलाई ५५ थान कम्प्युटर सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग हस्तान्तरण गरेको जनाएको छ ।

बैंकको सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणा तथा डडेलधुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले संयुक्त रुपमा भुवनेश्वर माध्यमिक विद्यालय र घटाल माध्यमिक विद्यालय ५\५ थान कम्प्युटर प्रदान गरेको हो ।

यसबाट शैक्षिक स्तरोन्नतिका र विद्यार्थीहरुमा कम्प्युटरको पहुँच पुग्ने बैंकको दावी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ