काठमाडौं । बजारमा कर्जा लगानी गर्ने रकमको अभाव देखाउदै निक्षेप तान्न बैंक तथा वित्तीय संस्थाबिच निक्षेपमा व्याजदर बढाउने होडबाजी नै चलेको छ । अझ मंगलबार बैकर एशोसिएसनले बचतको व्याजदरमा भएको भद्र सहमतिलाई हटाएपछि बैंकहरुले व्याजदर बृद्धि गर्न थालेका हुन् ।
बैंकहरुको बचतको व्याजदर बढाएर साढे १२ प्रतिशतसम्म पुर्र्याएका छन् । एनआईसी एसिया बैंकले मुद्धतिको ब्याजदर बढाएर १२ प्रतिशत पुर्याएको भोलिपल्ट सोमबार सिभिल बैंकले १२.२२ प्रतिशत ब्याज दिने योजना ल्याएको छ ।
यसबाट निक्षेप राख्ने सर्वसाधारण त खुशी नै होलान्, तर बैकबाट ऋण लिएका सर्वसाधारणहरु भने तर्सिन थालेका छन् । बचतमा व्याज बढेलगत्तै बैकहरुले पुराना कर्जाहरुको व्याजदर पनि हात्तै बढाउने गरेका छन् ।
पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्री बचतको व्याजदर बढ्ने वित्तीकै पुरानो कर्जामा पनि व्याज बढाउनु गैरकानुनी भएको बताउछन् । कर्जा लगानी गर्दाको आधार व्याजदरका आधारमा लगानी गर्ने अनि नयाँ निक्षेप तान्न व्याज बढाउनेवित्तीकै पुरानो कर्जाको पनि व्याज बढाउनु गैरकानुनी हो, पुरानो कर्जाको किस्ता उठेको छैन भने नउठेको किस्तामा मात्र बढेको व्याजदर लागू गर्न मिल्छ—नेपाल व्यवस्थापन संघले मौद्रिक नीतिको सुझाव दिन आयोजना गरेको कार्यक्रममा क्षेत्रीले यस्तो सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर पनि उपस्थित रहेका थिए । यो सुझावलाई उनले मौद्रिक नीतिमा कसरी सम्बोधन गर्न सक्छन्, त्यो हेर्न बाँकी छ ।
प्रतिक्रिया