वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मार्जिन लेन्डिङ कर्जा २५ प्रतिशतमा सिमित

अर्थटुडे
२०७५ असार २७, बुधबार

काठमाडौं । केन्द्रिय बैंकले मार्जिन लेन्डिङमा कडाइ गरेको छ । बुधबार केन्द्रिय बैंकले आर्थिक बर्ष २०७५/७६ को लागि जारी गरेको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो । यसअघि बैंक तथा वित्तिय संस्थाले कुल धितोको ४० प्रतिशतसम्म मार्जिन लेन्डिङ गर्न पाउने व्यवस्थालाई केन्द्रिय बैंकले घटाएर २५ प्रतिशतमा झारेको छ । यसले सेयर बजारमा नकारात्मक असर पर्नेछ ।

मौद्रिक नीतिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको साविकको ४० प्रतिशतसम्मबाट घटाई २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरिने छ ।” तर पुँजीको २५ प्रतिशत भन्नाले ८ अर्ब चुक्तापुँजीको २५ प्रतिशत हुने र पहिला २ अर्बको पुँजीको ४० प्रतिशत भन्दा धेरै रकम मार्जिन कलमा लगानी गर्न सकिने नेपाल राष्ट बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

तर धेरैजसो बजारविस्लेषकहरु भने मार्जिक प्रकृतिको कर्जा २५ प्रतिशतमा झार्नु राम्रो नभएको बताउँछन् । उनीहरु यसले सेयर बजारमा नकारात्मक प्रभाव पार्ने दावी गर्दछन् ।

त्यसैगरी केन्द्रिय बैंकले सेयर धितोमा केही शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्मले घटेको अवस्थामा पनि मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था गरेको छ । यो व्यवस्थाले भने लगानीकर्ताहरुलाई केही सहज हुने देखिएको छ । सेयर सम्बन्धी केन्द्रिय बैंकले सकारात्मक नीति ल्याउदैछ भन्ने हल्लाका कारण बुधबार बजार करिव ९ अंकले बढेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ