वि.सं. २०८१ आश्विन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तिनाउ बैंकको हकप्रद सेयर साउन ३० देखि

अर्थटुडे
२०७१ श्रावण ७, बुधबार

काठमाडौं । तिनाउ विकास बैंकले आगामी साउन ३० गतेदेखि हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ । बैंकले ४ सेयर बराबर १ को अनुपातमा ३ लाख २२ हजार कित्ता सेयर खुल्ला गर्न लागेको हो ।
हकप्रद सेयरको निष्काशन तथा विक्री प्रवन्धकको जिम्मा नागरिक लगानी कोषलाई दिइएको छ । सेयरका लागि असोज २ गतेसम्म आवेदन दिन सकिने कोषले जनाएको छ ।

बैंकको साउन १३ गतेसम्म सेयरधनी भइसकेका लगानीकर्ताले हकप्रद सेयरका लागि आवेदन गर्न सक्नेछन् ।

बुटवलमा मुख्य कार्यालय रहेको बैंकको हाल १२ करोड ८८ लाख पुँजी रहेको छ । हकप्रद सेयर वितरणपछि पुँजी १६ करोड १० लाख पुग्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ