वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पैसामा लेख्ने बानी छ ? ३ महिनासम्म कैद र ५ हजार जरिवानामा परिएला

अर्थटुडे
२०७५ श्रावण २९, मंगलवार

काठमाडौं । तपाईको पैसामा नाम ठेगाना या अरु केही लेख्ने बानी छ ? छ भने यसलाई छोड्नुहोस् । नोट पैसामा लेख्ने व्यक्तिलाई अब कारवाही हुने भएको छ ।

सरकारले नोटमा लेख्ने व्यक्तिलाई ३ महीनाको कैदसहित रू. ५ हजार जरीवाना तिर्नुपर्ने व्यवस्था गरेको छ । भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २६३ को उपदफा (२) मा कसैले बैङ्क नोटमा लेख्न वा कोर्न नहुने उल्लेख छ ।

यो व्यवस्थाले अन्र्तगत नोटमा लेखेमा मात्रै पनि उसलाई १ वर्षसम्म प्रहरीले खोजी पक्राउ गर्नसक्नेछ ।
नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले केरमेट गरिएको नोट नचल्ने भन्ने नभए पनि केरमेट गर्ने व्यक्तिलाई भने कारबाही हुने बताए । नोटमा लेख्ने वा कोर्ने व्यक्तिबारे प्रहरीले अनुसन्धान गर्नेछन् भने प्रमाण भेटिएमा सरकारी वकिलले अदालतमा मुद्दा दायर गर्नेछन् । ऐनअनुसार कसैले नोटमा लेख्ने वा कोर्ने काम गरेको वा गरिरहेको वा गर्न लागेको छ भन्ने कुरा थाहा पाएमा उसले यथाशीघ्र प्रहरी कार्यालयमा जानकारी दिनुपर्ने छ ।

मुलुकी फौजदारी कार्य्विधि (संहिता) ऐन, २०७४ को अनुसूची १ मा बैङ्क नोटमा लेख्ने वा कोर्ने कार्यलाई फौजदारी अपराध मानिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ