वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२४ बाणिज्य बैंक अर्बपति क्लवमा

अर्थटुडे
२०७५ श्रावण ३०, बुधबार

काठमाडौं । सरकारको पुर्ण स्वामित्व रहेको राष्ट्रिय बाणिज्य बैंकबाहेक २७ वटा बाणिज्य बैैंकहरुमा २४ वटा बाणिज्य बैंकहरु अर्बपति क्लवमा छिरेका छन् । यसपालि मेगा बैंक र कुमारी बैंकले एक अर्ब भन्दा बढी नाफा कमाएर अर्बपति क्लवमा छिरेका हुन् ।

२७ वटा बाणिज्य बैंकहरुको एकमुष्ट रुपमा हिसाव गर्ने हो भने उनीहरुले अघिल्लो बर्षको तुलनामा गत बर्ष २३ प्रतिशतले खुद नाफा कमाएका छन् । बैंकहरुले सार्बजनिक गरेको हिसाव खातालाई राष्ट्र बैंकले स्वीकृत गरेमा यही नाफाका आधारमा लाभांस घोषणा हुने छ । तर पहिले जसरी यसपालि लगानीकर्ताहरुले भने नाफा पाउने छैनन् । कीनकी उनीहरुले हकप्रद सेयर भरेर आफ्नो पुँजी समेत बृद्धि गरेका छन् ।

बैंकहरुले निक्षेपको तुलनामा ऋण लगानी बढि गरेका थिए । सोही कारण बजारमा तरलताको समेत अभाव भएको थियो । साथै कर्जामा लिने र निक्षेपमा दिने ब्याज अन्तर (स्प्रेड) दर पनि बढाएका थिए । लगानी बिस्तार र फराकिलो स्प्रेडका कारण निक्षेप महँगिदा पनि बैंकहरुले राम्रो गरेका छन् ।

नाफा गरेको रकमको आधारमा नबिल बैंकको नाफा सबैभन्दा उच्च छ । बैंकले ४ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक बर्षमा नविल बैंकले ३ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । रकमकै आधारमा हेर्ने हो यसपालि कृषि विकास बैंक दोस्रो नम्बरमा परेको छ । सो बैंकले तीन अर्ब ६७ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा २ अर्ब ५४ करोड रुपैयाँ मात्र खुद नाफा गरेको थियो ।

त्यसैगरी अघिल्लो आर्थिक बर्षमो दोस्रो स्थान ओगट्न सफल भएको नेपाल इन्भेष्टमेन्ट बैंक गतबर्ष तेस्रो स्थानमा पुगेको छ । गत बर्ष बैंकको नाफा १४ प्रतिशत मात्र बृद्धि भएर ३ अर्ब ५७ करोड पुगेको छ ।

प्रतिशतका आधारमा हेर्ने हो भने गत बर्ष सबैभन्दा बढी नाफा सिभिल बैंकले कमाएको छ । सो बैंकले ८५.२० प्रतिशतले आफ्नो नाफा कमाउन सफल भएको छ । सो बैंकले गत बर्ष ६४ करोड ५० लाख रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक बर्षमा सो बैंकले ३४ करोड ८२ लाख रुपैयाँ मात्र कमाएको थियो । त्यसैगरी प्रतिशतका आधारमा दोस्रो सेञ्चुरी र तेस्रो जनता बैंक रहेका छन् । उनीहरुले गत आर्थिक बर्षमा क्रमशः७४.६७ र ४७.६४ प्रतिशतले कमाएको छ ।

गत आर्थिक बर्षमा चार वटा बैंकको नाफा घटेको छ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंक, प्रभु बैंक, नेपाल बङ्गलादेश (एनबी) बैंक र माछपुच्छ्रे बैंकको नाफा घटेको हो ।  प्रभु बैंकको नाफा साढे ३५ प्रतिशतले घटेको छ । बैंकले १ अर्ब १२ करोड रुपैयाँ मात्र नाफा गरेको छ ।

अघिल्लो आर्थिक बर्षमा सो बैंकको नाफा एक अर्ब ७५ करोड रहेको थियो । यसपछि एनसिसीको १९, एनबीको करिव ८ र माछापुच्छ्रेको ७ प्रतिशतले नाफा घटेको छ । अघिल्लो आर्थिक बर्षमा ति बैंकहरुको नाफा क्रमशःएक अर्ब ३२ करोड, एक अर्ब २० करोड, एक अर्ब ३० करोड रुपैयाँ कमाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ