वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साताभर नेप्से ३३ अंकले बढ्यो, ४ अर्व ४८ करोडको कारोबार

अर्थटुडे
२०७१ श्रावण ९, शुक्रबार

काठमाडौं । साताभर नेप्से ३३ अंकले बढेर १०७९ विन्दुमा पुगेको छ । बजार उच्च अंकले बढेपछि लगानीकर्ताहरु प्रतिफल सुरक्षित गर्न तर्फ लागेका छन् ।
नेप्से सातामा दुइपटक १०८ माथि पुगेपनि सोही अंकमा भने अडिन सकेन ।

nepseयस साता बजारमा ४ अर्व ४८ करोड रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यो अघिल्लो साताको तुलनामा ४०.६७ प्रतिशतले बढेको हो ।

नेपाल बैंकको सवैभन्दा धेरै ५७ करोड ६९ लाख, चिलिमे जलविद्युतको २५ करोड ८८ लाख,कुमारी बैंकको १६ करोड २५ लाख,रुपैयाँ बराबरको सेयर कारोबार भएको पनि नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

गत साता विकास बैंक र बैकिङ समूहको परिसुचक बढ्यो भने विमा र जलविद्युत समूहको परिसुचक घटेको छ । विकास बंक ७८ अंकले र बैंक ३८ अंकले बढ्यो । विमा समूह ८ र जलबिद्युत समूह ७४ अंकले घटेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ