काठमाडौं । सानिमा बैंकले दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकलाई उक्त ऋणपत्र निष्काशन लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । आवश्यक प्रक्रिया पुरा गरी बैंकले एक हजार रुपैयाँ अंकित २० लाख इकाइ ऋणपत्र निश्कासन गर्नेछ ।
१० वर्षको अवधिको उक्त ऋणपत्रको ब्याजदर १० प्रतिशत रहेको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट रहेको छ ।
प्रतिक्रिया