काठमाडौं । वडाध्यक्षकै मिलेमतोमा एक बलत्कारको घटना लुकाइएको छ । सोमबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर ६ मा भएको बलात्कारको घटना बडाध्यक्ष मानबहादुर तामाङकै मिलेमतोमा घटना लुकाइएको हो ।
सो गाउँपालिका बडा नम्बर ६ मा कक्षा तीनमा पढ्ने १० बर्षिय बालिकाको बलात्कार भएको थियो । १६ बर्षिय विर्खबहादु तामाङले आफ्नै भतिजी पर्ने ति बालिकाको बलात्कार गरेका थिए ।
तामाङले सोमबार दिउसो लप्सी खाने बहानामा एकान्त स्थानमा लगी बालिकालाई बलात्कार गरेका थिए । बालिका बलात्कृत भइरहदा बालिकाको बाबुले देखेपछि घटना बाहिर आएको थियो । घटना सार्वजनिक भएसँगै गाउमा बैठक बसेर सोधपुछ गर्दा तामाङले आफूले बलात्कार गरेको कुरा गाउलेको सामु स्वीकारेका थिए ।
बलात्कारको घटना बाहिर आएपछि गाउँलेले प्रहरीलाई खवर गरेपनि सोही वडाका वडा अध्यक्ष मानबहादुर तामांङले गाउँको इज्जत जाने भन्दै पिडित र पिडक पक्षसँग बसेर ३० हजार रुपैयाँ पिडितलाई उपलव्ध गराउने सहमतिपछि घटनालाई लुकाइएको स्थानीयहरुले दावी गरेका छन् । सो बडामा नेपाली कांग्रेसले जितेको थियो ।
सोही गाउँपालिका अन्तर्गत पर्ने खाल्डेचौकी प्रहरी पोष्टका प्रमूख सहायक प्रहरी निरिक्षक (असई) सन्तोषकुमा झाले बालिका बलात्कृत भएको खवर सुनेर प्रहरी सोमबार राति नै घटनास्थमा पुगेपनि पिडक घरमा नभएकोले उसलाई पक्राउ गर्न नसकिएको बताए ।
“सोमबार रातभर र मंगलबार दिनभर पिडकको खोजी गरिएपनि पिडक तामाङ लाई पक्राउ गर्न सकिएको छैन” उनले भने । बलात्कारको घटना यसरी आपसमा मेलमिलाप गरेर लुकाउन हुदैन यसले पिडकलाई झन् आत्मबल पुग्ने छ असई झाले थपे ।
स्थानीय बासिन्दाका अनुसार सोमबार प्रहरी घटनास्थलमा पुगेपनि बडाध्यक्ष मानबहादुरले सो घटना आफूहरुले नै मिलाउने भनी प्रहरीलाई फर्काएका थिए ।
यसबारे वडाध्यक्ष मानबहादुर तामाङलाई सम्पर्क गर्न खोज्दा उनलाई सम्पर्क हुन सकेन । प्रहरीका अनुसार मंगलबार घटनास्थलमा प्रहरी पुग्दा पिडितले प्रष्ट रुपमा आफ्नो समस्या नराखेको र यस घटनालाई धेरै नउचाल्नका लागि पिडित पक्षले नै आग्रह गरिरहेको छ ।
अहिले महिला अधिकारकर्मीहरुले महिला हिंसा विरुद्ध १६ दिने अभियान सञ्चालन गरिरहेका छन् । सो अभियान चलिरहदा यसरी बालिकाहरु बलात्कृत भएका समाचारहरु दिनहुजसो बाहिर आइरहेका छन् । बलात्कार न्युनिकरणका लागि करोडौको रकम महिला अधिकारकर्मीले विभिन्न बहानामा पाँचतारे होटलहरुमा कार्यक्रम गरेर सकाएपनि यसको असर भने ग्रामीण भेगमा पुग्न सकेको छैन ।
महिला अधिकारकर्मीहरु विभिन्न मिडियामा लैङिक हिंसा कम भएको डाटा प्रस्तुत गर्न र पाँचतारे होटलहरुमा कार्यक्रम गरेर बजेट सक्नमा नै व्यस्त हुने गरेका छन् । ग्रामीण भेगका बालिका तथा महिलाहरुलाई आत्म सुरक्षाको तालिम र ग्रामीण भेगका जनतालाई शुसुक्षित गर्न तर्फभने कसैको ध्यान गएको देखिदैन । जसले गर्दा दैनिकजसो बलात्कारका घटनाहरु बाहिर आइरहेका छन् ।
प्रतिक्रिया