काठमाडौ । चौतारी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आइपिओ बाडफाड गरेको छ । शुक्रबार बाडफाड गरिएको आइपीओ ५६ हजार ७० जनाले १० कित्ता शेयर प्राप्त गरेका छन् । आइपिओमा २ लाख ७३ हजार जनाले एक करोड ७१ लाख कित्ताको लागि आवेदन दिएका थिए ।
संस्थाले जम्मा ६ करोड रुपैयाँको शेयर निष्काशन गरेकोमा ९३ लाख रुपैयाँ कर्मचारीहरुको लागि, म्युचुअल फण्डहरुको लागि ३० लाख रुपैयाँको प्राथमकि शेयर निष्काशन गरेको थियो। म्युचुअल फण्डले दुई करोड ३० लाख रुपैयाँको लागि आवेदन दिएकोमा दामासाहिले बाँडफाँड गरेको छ । संस्थाले गत १० गतेदेखि २३ गतेसम्म सर्वसाधारणको लागि ५ करोड ६० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेको थियो।
प्रतिक्रिया