काठमाडौं । सिभिल बैंकले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सननेपाल लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र सन नेपाल लाइफइन्स्योरेन्सका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरे ।
“अब सन्नेपाल लाइफ इन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने छ” बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले बताए ।
बैंकले चालु आर्थिक वर्षको प्रथम चौमासमा अठार करोड पचास लाख खुद नाफा गर्न सफल भएको छ ।
प्रतिक्रिया