वि.सं. २०८२ असार १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय सहकारी बैंकमा चुनावी माहौल, को बन्ला बैंकको प्रत्यक्ष निर्वाचित अध्यक्ष ?

अर्थटुडे
२०७५ पुष १५, आईतवार

काठमाडौ । मौसम चिसो छ, तर यो मौसमले सहकारी क्षेत्रलाई भने छोएको छैन । यतिवेला सहकारी क्षेत्र राष्ट्रिय सहकारी बैंकको चुनावी माहौलले तातेको छ । राष्ट्रिय सहकारी बैंकको पुस २१ र २२ गते हुन लागेको १५ औ साधारणसभा र सञ्चालक समितिको चुनावले सहकारी क्षेत्रको माहौल निक्कै तातेको छ ।

दुई कार्यकाल समाप्त भइसकेर पनि तेस्रो कार्यकालको दावी गर्दै आएका हालका अध्यक्ष रमेश पोखरले र बैंकको स्थापनाकालदेखि प्रबन्ध सञ्चालकको पद सम्माल्दै आएका केबी उप्रेतिबीच सञ्चालक समितिको अध्यक्षका लागि चुनाव हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले घ बर्गको श्रेणीमा राखेर अनुगमन र नियमन गर्दै आएको सहकारी बैंकमा अहिलेसम्म सञ्चालक समितिमा भने तत्कालिन नेकपा एमाले निकट व्यक्तिहरुको मात्र पहुँच रहेको थियो । यसपालीदेखि भने सो एकलौटी परम्परालाई तोडेर भएपनि अघि बढ्ने दाउमा रहेको छन् प्रजातान्त्रिक धारका सहकारीकर्मीहरु । उनीहरु सञ्चालक समितिमा आफ्नो प्यानल नै बनाएर अघि नबढी केही व्यक्तिहरुलाई अटाएर लैजाने पक्षमा रहेका छन् । तर यता अध्यक्ष कसले हत्याउने भन्नेमा पोखरेल र उप्रेतिविच निक्कै रस्साकस्सी चलिरहेको छ ।

दुई कार्यकाल अध्यक्ष भएकोले तेस्रो कार्यकालका लागि अघि बढ्न नहुने तर्क सहकारीकर्मीहरुले गरिरहेका छन् । जिल्ला सहकारी संघ काठामाडौका अध्यक्ष टेकप्रसाद चौलागाई आफ्नो धारण फेसबुकमार्फत यसरी पोख्छन् ः

पोखरेललाई कसको साथ ?

हालका अध्यक्ष रहेको रमेश पोखरेललाई नेपाल कम्युनिष्ट पार्टीको सहयोग छ । पार्टीको सहकारी विभाग हेरिरहेका पशुपति चौलागाई पनि पोखरेलको पक्षमा रहेका छन् । उप्रेति र चौलागाईको गृह जिल्ला एकै भएपनि चौलागाईले पोखरेललाई साथ दिइरहेका छन् । पोखरेल पार्टी अध्यक्ष केपी शर्मा ओली प्यानल र उप्रेति पार्टीको माधबकुमार नेपाल प्यानलका हुन् । हुन त चौलागाई पनि पार्टीमा नेपाल प्यानलका नै हुन् तर पार्टीले पोखरेलको नाममा सहमति जुटाउनका लागि चौलागाईलाई विशेष निर्देशन दिएको हल्ला सहकारी क्षेत्रमा सुनिन थालेको छ । उनको साथमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल उपाध्यक्ष ओमदेवी मल्ल लगायत छन् । पोखरेललाई पार्टी र सहकारी क्षेत्रको नेतृत्व गर्ने नेतृत्वकर्ताहरुको पुर्ण साथ र सहयोग छ । पोखरले अनुभवी भएकोले उनलाई अध्यष जीताउदा फाइदा हुने र उनले सहकारी बैंकलाई निक्कै राम्रोसँग बाटो देखाउने सक्ने अपेक्षा बडाल पक्षको रहेको छ । पार्टीमा पनि बडाल पक्षको बोलवाला चल्ने भएकोले पोखरेल आफू अध्यक्ष बन्नेमा ढुक्क छन् ।

उप्रेतिलाई कसको साथ ?

उप्रेतिलाई भने सहकारीकर्मीहरुको पुर्ण साथ र सहयोग रहदै आएको छ । जिल्ला सहकारी संघ काठमाडौंको लामो समय अध्यक्ष भएर बसेकोले काठमाडौका अधिकांस शहकारीहरुको साथ उप्रेतिलाई छ । प्रारम्भिक सहकारीहरुको करिव ८० प्रतिशत साथ उप्रेतिले पाएका छन् । त्यसैगरी उनलाई प्रजातान्त्रिक धारको पनि सहयोग रहेको छ । उप्रेति सहकारी बैंकको प्रबन्ध सञ्चालक रहदा धेरै सहकारीहरुको समस्या समाधान गर्नका लागि ठूलो भुमिका निर्वाह गरेका कारण पनि सहकारी क्षेत्रमा उप्रेतिलाई साथ दिनेहरु धेरै नै रहेका छन् । राष्ट्रिय सहकारी बैंकलाई आजसम्मको अवस्थामा ल्याउन उनले ठूलो भुमिका खेलेको उनी पक्षधरका सहकारीकर्मीहरुको दावी छ । उनले अर्को सहकारी बैंक स्थापना गर्न भन्दा यही सहकारी बैंकलाई अगाडी बढाउन गरेको नीतिगत लविङ उल्लेखनीय छ । उप्रेतिलाई जिल्ला सहकारी संघ काठमाडौका अध्यक्ष टेकप्रसाद चौलागाई, महासचिव खेम सुवेदी, राष्ट्रिय सहकारी बैंकक सञ्चालक सरिता भट्टराई, लोकतान्त्रिक धारका मानिएका सहकारीकर्मी विन्देश्वर श्रेष्ठ, सिताराम काफ्ले लगायतका सहकारीकर्मीहरु खुलेर लागेका छन् । सहकारी क्षेत्रमा प्रजातान्त्रिक धारलाई पनि समेट्नुपर्छ भन्ने मान्यता भएका कारण उप्रेति प्रजातान्त्रिक धारमा पनि उत्तिकै रुचाइएका छन् । तल्लो तहमा अत्यधिक रुचाइए पनि माथिल्लो तहमा नरुचाइएका कारण उप्रेति निर्विरोध अध्यक्ष हुन भने सक्दैनन् ।

को हुन् पोखरेल

पोखरेलेका स्थायी घर विराटनगर हो । उनी विराटनगरमा नै प्राध्यापन पेशामा संलग्न थिए भने राष्ट्रिय सहकारी बैंकको मिटिङ हुदा काठमाडौ आउने गरेका थिए । तर प्रदेश चुनावमा प्रदेश नम्बर एकबाट प्रदेश सांसदका लागि उमेदवारी दिनका लागि उनले प्राध्यापन पेशा छाडेका थिए भने सो चुनावमा हारेपछि उनी राष्ट्रिय सहकारी बैंकको अध्यक्ष नछोड्ने दाउमा छन् । दुई कार्यकाल अध्यक्ष भएपनि प्रत्यक्ष निर्वाचिक अध्यक्ष हुनका लागि उनले उप्रेतिलाई अध्यक्ष पदबाट पछि हट्न विभिन्न विकल्पहरु दिएका छन् ।

 उप्रेतिलाई तीनवटा विकल्प
१ राष्ट्रिय सहकारी बैंकको सञ्चालक रहेर राष्ट्रिय सहकारी महासंघको सञ्चालक बन्ने ।
२ राष्ट्रिय सहकारी बैंकको लेखासमिति संयोजक बन्ने ।
३ राष्ट्रिय सहकारी बैंकको पुन प्रबन्ध सञ्चालक बन्ने ।
तर उप्रेतिले भने यी तिनवटै विकल्पमा असहमति जनाइ आफू जसरी भएपनि अध्यक्षको उमेदवार बन्ने र चुनावमा नै भाग लिने अडानमा छन् ।

को हुन् उप्रेति

दोलखा जिल्लामा जन्मेका उप्रेति सहकारी क्षेत्रको एक अभियन्ता हुन् । दोलखाकै उक विद्यालयमा प्राध्यापन गरिरहेका उप्रेति सहकारी मार्फत जनतालाई आर्थिक रुपमा बलियो बनाउन सकिन्छ भन्ने सपना देखेर सहकारीसँग जोडिएका हुन् । उप्रेति बैंक स्थापनाकालदेखि नै सहकारी बैंकसँग आवद्ध रहेका थिए । सहकारी बैंकको उन्नति र प्रगतिमा ठूलो भुमिका खेलेका उप्रेतिलाई सहकारी बैंकको लविङ गर्ने एक मात्र योद्धा मानिन्छ । उनले सहकारी ऐन—२०७४ मा सहकारी बैंकलाई मजबुत बनाउनका लागि ठूलो भुमिका खेलेको सहकारी क्षेत्रमा चर्चा छ । उनले धेरैवटा प्रारम्भिक सहकारीको वित्तिय अवस्था उकास्नका लागि ठुलो मद्धत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ