काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल एसिया प्यासेफिक क्षेत्रबाट ग्लोबल फाइनान्स वल्डए वेष्ट कन्जुमर इन्टरनेट बैंक अवार्ड २०१४ बाट सम्मानित भएको छ । अमेरिकामा आयोजित एक कार्यक्रमका बिच जुलाई २४ मा उक्त अवार्ड घोषणा गरिएको थियो ।
यसै वर्ष बैंक ग्लोवल फाइनान्स म्यागजेजिनबाट नेपालका लागि वर्ड बेष्ट बैंक २०१४ बाट समेत सम्मानित भएको थियो ।
एक वर्ष दुईवटा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुले गौरवान्ति भएको बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसले बताए । “यो पुरस्कारले हामी प्रविधिमा आधारित आधुनिक बैंकिङ सेवा दिन कति प्रतिवद्ध छौं भन्ने प्रमाणीत भएको छ” उनले भने ।
प्रतिक्रिया