काठमाडौ । सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको साधारणसभाको मिती नजिकिदै गर्दा भावी अध्यक्षका लागि वर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेल र प्रवन्ध संचालकबाट हालै राजिनामा दिएका कृष्णबहादुर (केबी) उप्रेतीले लविङ तिव्र बनाएका छन् । दुवै उम्मेदवारहरु एउटै नेपाल कम्युनिष्ट पार्टी निकट भएकाले पनि सदस्यको भोट भन्दा पनि आफ्नो पहुँच र प्रभाव बलियो देखाएर आफ्नो पक्षमा निर्णय गराउन दौडधुप गरिरहेका छन् ।
दुवै उम्मेदवारहरु एउटै नेपाल कम्युनिष्ट पार्टी निकट भएकाले पनि सदस्यको भोट भन्दा पनि आफ्नो पहुँच र प्रभाव बलियो देखाएर आफ्नो पक्षमा निर्णय गराउन दौडधुप गरिरहेका छन् ।
बैंक चुनावी माहोलामा सक्रिय एक सहकारीकर्मीका अनुसार यतिबेला पोखरेल र उप्रेती आ—आफ्नो गुटलाई सक्रिय बनाएर राजनीतिक लविङ र प्रचारप्रसारमा भिडिरहेका छन् । विषेश गरी पोखरेलले पार्टी तथा सहकारीका उच्च नेताबाट आफ्नो पक्षमा निर्णय गराउन प्रयासरत छन् भने उप्रेती धेरै सहकारीकर्मी आफ्नो पक्षमा रहेको माहोल देखाएर पद हत्याउन लागिरेहका छन् ।
अहिलेसम्म पोखरेललाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष समेत रहेका नेकपाका नेता केशव प्रसाद बडालको समर्थन रहेको छ । बडालमार्फत नै उप्रेतीलाई आफ्नो पक्षमा सहमत गराउन पोखरेल सक्रिय रहेका छन् । पोखरेललाई सर्वसम्मत गराउन बडालले उप्रेती पक्षका नेताहरुसँग दुई पटक औपचारिक छलफल गरेपछि सहमत गराउन सकेका छैनन् । पोखरेललाई बडालको ‘जेठो छोरा’ भएको समेत सहकारीकर्मीले बताउने गरेका छन् ।
उप्रेतीलाई बैंकका अधिकांश र जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेक प्रसाद चौलागाईं तथा महासचिव खेम राज सुवेदीले साथ दिएका छन् । पोखरेले मैदान नछाडेमा चुनाव लडेरै भएपनि जित्ने योजनाका साथ उनीहरु लागिरहेका छन् । उप्रेतीका पक्षमा माहोल देखाउनकै लागि जिल्ला संघ काठमाडौंको व्यानरमा खुलेआम चुनावी प्रचारको कार्यक्रम समेत भइरहेको छ । विभिन्न स्थानिय तहसँग गरिएको छलफल कार्यक्रमलाई समेत चुनावी सभा बनाइएको छ । कतिपय नगरपालिकामा भएको कार्यक्रममा उप्रेतीले खुलेआम भोट मागेपछि कार्यक्रममा नै यसको विरोध भएको थियो ।
अहिलेसम्म नेपाली कांग्रेस निकट सहकारीकर्मीहरुले दावी पेश नगरेकाले पोखरेल र उप्रेतीमध्ये जसलाई पार्टीले टिकट दिन्छ उही बैंकको भावी अध्यक्ष हुने सम्भावना बलियो छ । दुवैजना पार्टीमा उच्च तहमै रहेकाले पार्टीको निर्णय विपरित विद्रोह गरेर चुनावी मैदानमा जाने सम्भावना नभएकाले र अन्तिम क्षणसम्ममा सहमति हुने विगतका अनुभवका आधारमा समेत विश्लेषण गरिएको छ ।
बैंकको साधारणसभा पुस २१ र २२ गते काठमाडौंमा हुदैछ ।
यो पनि पढ्नुहोस् :
प्रतिक्रिया