वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सामसङको ब्रायो र पिटोन मोबाइल बजारमा

अर्थटुडे
२०७१ श्रावण ११, आईतवार

काठमाडौँ । नेपालको लागि सामसङ मोबाइलको अधिकृत वितरक, इन्टरनेशनल मार्केटिङ्ग प्रा. लि.ले सामसुङको दुई नयाँ सेट ब्रायो र पिटोन नेपाली बजारमा ल्याएको छ ।

मध्यम वर्गिय ग्राहकलाई ध्यानमा राखेर ल्याएका यी मोबाइल अरु मोबाइलका तुलनामा सस्तो हुने कम्पनीले जनाएको छ । दुवै फोनमा दुइटा सिम लाग्ने छ भने ब्रायो मोवाइल २ इन्चको स्क्रिन, एफएम रेडियो, म्युजिक प्लेयर र डिजीटल क्यामेरा रहेको छ ।
त्यसैगरी पिटोनमा हजार ओटा सम्पर्क नम्बर, सय ओटा एसएमएस, एफएम रेडियो र ३.५ एमएम इयरफोन लाग्ने ज्याक रहेको छ । नेपाली बजारमा ब्रायोको मूल्य ३ हजार १ सय ९० रुपैयाँ र पिन्टोको मूल्य २ हजार ३ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ