वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गाउँ गाउँबाट समृद्धिको अभियान शुरु गर्नुपर्छ : मन्त्री अर्याल

अर्थटुडे
२०७५ पुष २६, बिहीबार

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कृषिबाट समृद्धि हासिल गर्न सकिदैन भन्ने मानसितकमा परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् । उनले श्रमलाई सम्मान गर्दै गाउँ गाउँबाट समृद्धिको अभियान शुरु गर्नुपर्ने बताइन् । राष्ट्रिय सहकारी महासंघको २६ औं बार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले गरिवी निवारण र समृद्धिको आधारमा रुपमा सहकारीलाई प्रोत्साहन गरिरहेको बताइन् ।

उनले सहकारीका उत्पादनका लागि बजारीकरण गर्ने कार्य सरकारले गर्ने बताइन् । ‘पैसा भएर मात्र काम हुने भन्ने कुरालाई म स्विकार्दिन कार्यक्रम र योजना बनाउँनुस् पैसाको कमिले ती कार्यक्रम रोकिने छैनन् । त्यसको जिम्मेवारी म लिन्छु ’उनले भनिन् ।

उनले सख्यात्मक रुपमा भन्दा पनि गुणात्मक रुपमा सहकारीको प्रवद्र्धन गर्नका लागि स्थानीय तहले प्रभावकारी रुपमा नियमन, प्रवद्र्धन गर्नुपर्ने धारणा राखे । ‘नापी र मालपोतको भ्रष्ट्रारकले गलेको मनलाई उत्साहित बनाउने काम सहकारीले गरेको छ । यो उत्साहलाई बुद्धि गर्नका लागि सहकारीले नमुना कार्य गर्नुपर्दछ ।’ उनले भने । उनले नापी र मालपोतमा हुने अनियमितताको अन्त्यका लागि एउटा सिस्टम नै विकास गर्न आफू सक्रिय रहेको बताइन् ।


सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले महासंघको प्रगति विवरण प्रस्तुत गर्दै समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय सोचलाई पुरा गर्न लोकतान्त्रिक गणतन्त्र र संघीय संरचना अन्तर्गत बनेको संघीय, प्रदेश र स्थानीय सरकार , निजी तथा सहकारी क्षेत्रको संयुक्त प्रयासमा जोड दिए ।

लेखा समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै महासंघको आन्मनिर्भरताका लागि स्थायी आम्दानीको स्रोतको खोजी गर्नुपर्ने, सदस्य संघहरुको व्यवसायीक विकासका लागि पहल गर्नुपर्ने बताए ।

सो कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा प्रमुख सचेतक बालकृष्ण खाँडले सहकारी नेपाली समाज र अर्थतन्त्रको अभिन्न अंग भएको बताउनुभयो । प्रारम्भिक सहकारी संस्थाहर सुव्यवस्थित रुपमा संचालन गर्नका लागि एकिकरणमा जोड दिर्दै निर्माण हुन कानुनहरुलाई सहकारी मैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे ।

महासंघका वरिष्ठ उपाध्यक्ष, मिनराज कँडेल, उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटा, मन्त्रालयका सचिव गोपीनाथ मैनालीलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ