वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोवल आइएमइ बैंकको नाफा एक अर्व नाघ्यो

अर्थटुडे
२०७१ श्रावण ११, आईतवार

काठमाडौं। ग्लोबल आईएमई बैंकले आर्थिक बर्ष २०७०\७१मा एक अर्ब ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षमा बैंकले ४४ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो।2012-07-09-1341807096

बैंकले खुद व्याज आम्दानी करिब ३८ करोड रुपैयाँ बढाएको छ।  बैंकको रिजर्भमा दुई अर्ब २१ करोड रुपैयाँ छ। गत बर्ष ग्लोबल आईएमई र कमर्ज एण्ड ट्रष्ट बैंक मर्ज भएका थिए। मर्जपछि यो बैंकको चुक्तापूँजी चार अर्ब १० करोड पुगेको छ। बैंकको खराव कर्जाको मात्रा २.३७ प्रतिशत छ।

बैंकको निक्षेप र कर्जा लगानीमा बृद्धि भएको छ। बैंकमा असार मसान्तसम्म ५२ अर्ब २९ करोड निक्षेप छ भने ४३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ