काठमाडौं । दक्षिण कोरियामा काम गरेर फर्केकामध्ये पुनः कोरिया जानका लागि भदौ ७ गते भाषा परिक्षा हुने भएको छ । कम्तिमा ३ वर्ष काम गरी फर्केका र १८ वर्ष पुरा भई ३९ वर्ष नकटेकाहरु परिक्षामा संलग्न हुन पाउनेछन् ।
कोरिया पठाउने व्यवस्था गर्दै आएको इपीएस शाखाका अनुसार परिक्षाका लागि १८ देखि २० साउनसम्म फर्म भर्ने, ३० साउनमा परिक्षा तालिका घोषणा, ७ भदौ परिक्षा र २७ असोजमा नतिजा प्रकाशको कार्यतालिका बनाएको छ ।
उत्पादनमुलक, कृषि तथा पशुपालन, निर्माण, मत्स्यपालन र सेवामूलक क्षेत्रमा काम गर्नेगरी भाषा परिक्षा दिन पाइने इपीएस शाखा प्रमुख डिल्लिराम बास्तोलाले जानकारी दिए ।
परिक्षार्थीले ह्युमन रिसोर्स डेभलपमेन्ट सभिर्स (एचआरडी) अफ कोरियाले संचालन गर्ने कम्प्युटरमा आधारित सीवीटी परिक्षा समेत उर्तिण गर्नुपर्ने प्रावधान छ ।
यसैगरी कोरियामा गैरकानुनी नबसेको, फौजदारी अभियोगमा नपरेको, नेपालमा विदेश जान रोक नलगाएको योग्यता समेत हुन आवश्यक छ ।
२ सय पुर्णांकको परिक्षामा भाषसम्वन्धी सुनाई र पढाईको सय सय हुनेछ ।
प्रतिक्रिया