वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आठ महिनामा पौने ६ खर्व रेमिट्यास

अर्थटुडे
२०७६ बैशाख ४, बुधबार

काठमाडौं । व्यापारघाटा डरलाग्दोसँग बृद्धि हुदै गइरहेका बेला रेमिट्यान्स आप्रवाहले सरकारलाई राहत दिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या घटेपनि रेमिट्यान्स भने उत्साहजनक रुपमा बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक बर्षको फागुनसम्ममा ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन रकम अघिल्लो बर्षको सोही अवधिको तुलनामा २३.४ प्रतिशत बढी हुन आउँछ । पछिल्लो समयमा रेमिट्यान्स बृद्धिदर घटेपछि अतालिएको सरकारलाई यो तथ्यांकले राहत दिएको छ ।

पछिल्लो समय अमेरिका, दक्षिण कोरिया, भारतलगायतका मुलुकबाट बैंकिङ प्रणालीमार्फत रेमिट्न्स भित्रने क्रम बढेको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् ।

विगतका वर्षहरुमा मलेसिया, कतार, साउदी अरबलगायतका खाडी देशहरुबाट बढी रेमिट्यान्स भित्रदै आएको थियो । तर, पछिल्लो समय अमेरिका तथा कोरियाबाट भित्रने रेमिट्यान्सको हिस्सा बढेपछि सरकारलाई राहत पुगेको हो ।
यसैगरी सरकारले हुन्डीलगायतका अवैधानिक च्यानलाई कडाई गरेकाले पनि बैधानिक च्यानलमा रेमिट्यान्स बढिरहेको छ ।

रेमिट्यान्स बृद्धि भएको अर्को कारण अमेरिकी डलरको भाउ उच्च भएको पनि बृद्धिदर राम्रो देखिएको अधिकारीहरु बताउछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ