वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकमा व्यक्तिगत निक्षेप सबैभन्दा बढी, कुल निक्षेपको ५० % सर्वसाधारणको

अर्थटुडे
२०७१ श्रावण ११, आईतवार

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा बढी निक्षेप सर्वसाधारणको देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७०\७१ को एघार महिनामा बैंक तथा वित्तिय संस्थाहरुमा १४ खर्व ८ अर्व २८ करोड ४० लाख रुपैयाँ रहेको छ । यो मध्ये व्यक्तिगत निक्षेप ७ खर्व ५६ अर्व ७० करोड २० लाख रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार बैंंक तथा वित्तिय संस्थाहरुमा सबैभन्दा बढी व्यक्तिगत निक्षेप सबैभन्दा बढी २३ प्रतिशतले बढेको छ । यसैगरी बैंकमा विदेशी मुद्रा ७७ अर्व ८२ करोड ५० लाख बराबरको रहेको छ । यो गत वषको सोही अवधिको तुलनामा ४.७ प्रतशतले बढी हो । त्यसैगरी स्थानीय निकायको रकम एक अर्व ४० करोड ७० लाख रुपैयाँ रहेको छ ।

त्यस्तै गैर वित्तिय सस्थाहरुले विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा राखेको रकम एक खर्व ८२ अर्व ६ करोड १० लाख रुपैयाँ रहेको छ । गैर वित्तिय सरकारी संस्थाहरुमा पनि नागरिक लगानी कोषले मात्र बैंक तथा वित्तिय संस्थामा राखेको रकम २२ अर्व ९१ करोड ७० लाख रुपैयाँ रहेको छ ।

विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा सरकारी संस्थाहरुको एक खर्व ६ अर्व २२ करोड ५० लाख रुपैयाँ निक्षेप रहेको छ भने गैर सरकारी संस्थाहरुले एक खर्व ४ अर्व ६५ करोड ६० लाख रुपैयाँ निक्षेप रहेको छ । त्यस्तै अन्तरबैंक कारोबारमा ७१ अर्व ९६ करोड ६० लाख रुपैयाँ रहेको छ ।

त्यस्तै गैर नाफा मूलक संस्थाको निक्षेपमा पनि १३.२ प्रतिशतले बृद्धि भइ ५६ अर्व ४० करोड ६० लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ