वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेचुरल सहकारीद्धारा एटिएम सेवा सुरु

अर्थटुडे
२०७६ बैशाख २५, बुधबार

काठमाडौ । काठमाडौंको जोरपाटीस्थित नेचुरल बचत तथा ऋण सहकारीले एटिएम सेवा सुरु गरेको छ । संस्थाको १२ औं वार्षिक उत्सवको अवसरमा सुरु गरिएको सेवाको मंगलबार सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले उद्घाटन गरे ।

सदस्यहरुलाई अत्याधुनिक सेवा दिनका लागि एससीटी नेटवर्कसँगको सहकार्यमा एटिएम सेवा संचालनमा ल्याइएको संस्थाका प्रबन्ध संचालक बिकल्प पाठकले बताए । संस्थाले जारी गरेको एससीटी कार्डबाट नेपालभर एससीटी नेटवर्क अन्र्तगत रहेका बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाका एटीएम काउन्टरबाट समेत रकम निकाल्न सकिने व्यवस्था छ । यसैगरी कार्ड भारत र भुटानमा समेत चलाउन सकिने उनले बताए ।

नेचुरल सहकारीलाई आधुनिक तथा थप प्रविधि मैत्री बनाउने क्रममा यस अघि नै ‘नेचुरल स्मार्ट बैकिङ’ सुरु गरिसकेको छ ।

यसैगरी संस्थाले १२ औं बार्षिक उत्सवको अवसरमा केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना समेत गरेको छ । रक्तदान कार्यक्रममा संस्थाका सदस्य, स्थानीय, कर्मचारी, सञ्चालक समिति लगायतको उपस्थिती रहेको थियो । उक्त रक्तदानबाट ९२ पाउण्ड रगत संकलन गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ