काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आईतबार सुनचाँदी नै महंगो भएको छ । बजारमा सुन ५ सय रुपैयाँ महंगो भई प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा र चाँदी १३ रुपैयाँ महंगो भई ८ सय २८ रुपैयाँमा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत सातभर ६ सय रुपैयाँ सस्तो भई प्रतितोला ५३ हजार रुपैयाँमा झरेको थियो । यसैगरी चाँदी पनि साताभरमा २० रुपैयाँ सस्तो भई शुक्रबार प्रतितोला ८ सय १५ रुपैयाँमा झरेको थियो ।
प्रतिक्रिया