काठमाडौं । विश्व सहकारी अभियानको शिर्षस्थ निकाय अन्तराष्ट्रिय सहकारी महासंघ (आइसीए) को आगामी बर्ष सन् २०२० को ग्लोबल बोर्ड बैठक नेपालमा हुने भएको छ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले नेपालमा आइसीएको बैठक तय भएको जानकारी दिइन् ।
मल्ल स्वजरल्यान्डको जेनेभामा आइसीको बोर्ड बैठकमा सहभागि छिन् । उनी दक्षिण एसियाबाट नै आइसिएको बोर्ड सदस्यमा खुल्ला प्रतिष्पर्धाबाट चयन भएकी एक मात्र महिला हुन् । नेपालमा सन् २०२१ को मार्चमा आइसीएको ग्लाबेल बोर्ड बैठक हुने जेनेभामा बसेको बोर्डले निर्णय गरेको मल्लले जानकारी दिइन् । उनले नेपालमा यो बैठक हुनु सम्पूर्ण नेपालको सहकारी अभियानका लागि गर्वको विषय भएको बताईन ।
यस बैठकले नेपालको पर्यटन क्षेत्रको विकासमा पनि ठूलो सहयोग पुग्ने उनको दावी छ ।
प्रतिक्रिया