वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साढे ३७ हजारले पाए आँधीखोला लघुवित्तको सेयर

अर्थटुडे
२०७६ असार ३०, सोमबार

काठमाडौं । आँधीखोला लघुवित्तले निश्कासन गरेको साधारण सेयरका लागि निवेदन दिएकामध्ये ३७ हजार ५०० जनाले जनही १० कित्ताको दरले साधारण सेयर पाएका छन् । निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले गोलाप्रथाबाट आइपीओ बाँडफाँड गरेको हो ।


आइपीओमा कुल ३ लाख ९९२ आवेदकले आवेदन दिएका थिए । त्यसमध्ये ५७९ आवेदन रद्ध भएको थियो । सदर भएका तीन लाख ४१३ सदर आवेदकले ५२ लाख ४१ हजार ६६० कित्ता खरीदका लागि आवेदन दिएका थिए । त्यसमध्ये कम्पनीका कर्मचारीहरुका लागि ५ हजार कित्ता तथा सामूहिक लगानी कोषका लागि २० हजार कित्ता र सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता बिक्री भएको छ ।

कम्पनीले असार २२ गतेदेखि २५ गतेसम्म ४ लाख कित्ता साधारण सेयर निश्कासन गरेको थियो । आईपीओ जारीपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुगेको छ । जसमा कम्पनीका संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत सेयर कायम हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ