वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक दर्जन बिमा कम्पनीले पुँजी पुर्र्याउन सकेनन, कारवाहीको तयारीमा समिति

अर्थटुडे
२०७६ श्रावण ८, बुधबार

काठमाडौं । बिमा समितिले तोकेको समय सिमाभित्र चुक्ता पुँजी पु¥याउन एक दर्जन बिमा कम्पनीहरु असफल भएका छन् । समितिले २०७४ सालमा निर्देशन जारी गर्दै एक वर्षभित्र जीवन बिमा कम्पनीलाई दुई अर्ब र निर्जीवन बिमा कम्पनीलाई एक अर्ब रुपैया पुँजी पु¥याउन निर्देशन दिएको थियो । त्यसयता तीन पटक समयावधि थप गर्दापनि पुँजी पु¥याउन नसकेपछि ती कम्पनीहरूलाई समितिले कारवाहीको प्रक्रिया अघि बढाएको छ ।

समितिका अनुसार जीवनतर्फ गुराँस, सूर्या, प्राइम लाइफ इन्स्योरेन्सका साथै राष्ट्रिय बीमा संस्थान र मेट लाईफको पुँजी पुगेको छैन । यसैगरी पुँजी नपु¥याउनेमा निर्जीवनतर्फ एनएलजी, युनाइटेड, प्रुडेन्सियल, लुम्बिनी, ओरेन्टल, नेशनल इस्योरेन्स र राष्ट्रिय बिमा कम्पनी छन् ।

समितिको सोमबार बसेको बोर्ड बैठकले पुँजी नपु¥याएका कम्पनीहरुमध्ये स्वदेशी लगानी भएका निजी बिमा कम्पनीहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । सोही अनुसार समितिले जीवनतर्फ गुराँस, सूर्या, प्राइम लाइफ इन्स्योरेन्स र निर्जीवनतर्फ एनएलजी, युनाइटेड, प्रुडेन्सियल र लुम्बिनी इस्योरेन्स गरी सात कम्पनीलाई एक साताभित्र पुँजी नपुग्नुको कारणसहित सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

पुँजी नपु¥याएका कम्पनीहरुलाई एक साताको समय दिएर स्पष्टिकरण सोधिएको र चित्तबुझ्दो स्पष्टिकरणका प्राप्त नभए कारवाही अघि बढाउने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले जानकारी दिए ।

पुँजी नपु¥याएका कम्पनीहरुमध्ये राष्ट्रिय बीमा संस्थान छुट्टै ऐनबाट संचालित भएकाले समितिले निर्देशन दिन मिल्दैन । यस्तै सरकारकै स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीलाई यसअघि नै समितिले आर्थिक वर्ष २०७५÷७६ को लेखापरिक्षण प्रतिवेदन पेश गर्न निर्देशन दिइसकेको छ । यसबाहेक विदेशी कम्पनीको शाखाको रुपमा संचालनमा रहेका मेट लाईफका साथै ओरेन्टल र नेशनल इस्योरेन्सलाई समितिले यसअघि नै लाभांस घोषणा गर्न र कुनै पनि लाभांस आफ्नो देशमा लैजान रोक लगाइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ