वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शाइन रेसुङ्गा बैंकले गत वर्षको भन्दा ८६ प्रतिशत बढी कमायो, बाग्मतिको खुद नाफा ६८ लाख

अर्थटुडे
२०७१ श्रावण १२, सोमबार

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ करोड १९ लाख ७१ हजार खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८६ प्रतिशतले बढी हो ।

बैंकले सोमबार प्रकाशित गरेको चौथो त्रैमासिकको अपरिष्कृत बित्तिय विवरण अनुसार गत वर्षको सोही अवधिमा १० करोड ३८ लाख ३३ हजार रुपैयाँ कमाएको थियो ।

sine resunga bank
सो बैंकले खरावकर्जा ०.८ मा झारेको छ । गत वर्षको सोही अवधिमा खराव कर्जा १.५९ प्रतिशत रहेको थियो । बैंकले आर्थिक वर्ष २०७० ७१ मा ४ अर्व ९० करोड, ६० लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्व ३० करोड,१४ लाख १० हजार रुपैयाँ कर्जा तथा लगानी गरेको छ ।

बैंकको चुक्तापुँजी ५४ करोड, ९८ लाख ९२ हजार रहेको बैंकले जनाएको छ ।

त्यसैगरी बाग्मति डेभलपमेन्ट बैंकले पनि आर्थिक वर्ष २०७०.७१ को चौथो त्रैमासमा ६८ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । ५ करोड चुक्तापुँजी रहेको सो बैंकले गत आर्थिक वर्षमा ३८ करोड ९६ लाख ९४ हजार निक्षेप संकलन गरेकोमा २९ करोड २३ लाख १८ हजार रुपैयाँ कर्जा तथा लगानी गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ