काठमाडौं । कामको खोजीमा आर्थिक वर्ष २०७०\७१ मा मात्र ४ लाख ४५ हजार ७ सय १० युवा विदेशीएका छन् । यो म्यानपावर एजेन्सीमार्फत गएका कामदारको मात्र संख्या हो ।
विदेश जाने युवा मध्ये धनुषा जिल्लाबाट बढी रहेको बैदेशिक रोजगार विभागले जनाएको छ । धनुषाबाट विदेशीनेको संख्या २१ हजार ५ सय ८० रहेको छ । यो कुल विदेशीनेको संख्याको ५ प्रतिशत रहेको विभागले जनाएको छ । विभागका अनुसार दोस्रोमा झापा जिल्ला पर्दछ । झापाबाट विभिन्न देशमा कामका लागि गएका युवाहरु १८ हजार ८ सय ३१ रहेका छन् ।
त्यस्तै तेस्रो स्थानमा भने मोरङ जिल्ला पर्दछा सो जिल्लाबाट गत आर्थिक वर्षमा मात्र १८ हजार १८ जना विदेशिएका थिए । बैदेशिक रोजगारीमा जाने जिल्लाहरुको सख्याको हिसावमा मुस्ताङ सवैभन्दा लत रहेको छ । मुस्ताङबाट ५९ जना मात्र विदशीएका छन् त्यसमध्ये ४९ जना पुरुष र १० जना महिला रहेको विभागको तथ्याङमा रहेको छ । मुस्ताङ,मुगु, जुम्ला हुम्ला लगायतका जिल्लामा बैदेशिक रोजगारको पहुँच नरहेको यस तथ्याङकबाट स्पष्ट देखिन्छ ।
प्रतिक्रिया