वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंक र नेफ्स्कूनको सक्रियताले महासंघलाई दवाव

अर्थटुडे
२०७७ बैशाख ९, मंगलवार

काठमाडौं । कोरोना भाइरसको महामारी र यसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको छ । यस अवस्थामा सहकारी संघसंस्थालाई प्रभावकारी रुपमा परिचालन गर्न नसकेको र सहकारी संघसंस्थाको समस्यामा अभिभावकको भूमिका निर्वाह गर्न नसकेको भन्दै राष्ट्रिय सहकारी महासंघ भने आलोचित भएको छ ।

सहकारी संस्थाहरुको सेवा प्रवाहका विषयमा सहजिकरण गर्न नसकेको भन्दै आलोचित भएको महासंघ सहकारी कोरोना नियन्त्रण केन्द्र संचालनको विषयले अझै विवादमा फसेको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्याल र नेपाल स्वास्थ्य सहकारी केन्द्रीय संघका नेता राजेन्द्र पाण्डेको योजनामा महासंघले सेन्टर संचालनका लागि अगुवाई गरेको हो ।

यसका लागि महासंघले १५ लाख रुपैयाँ सहयोग गरिसकेको छ भने नेफ्स्कून र कृषि सहकारी केन्द्रीय संघले पनि ५/५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

सेन्टर संचालन गर्नका लागि महासंघले सहकारी संघसंस्थालाई आवहान गरेपनि कसैले सहयोग गरेका छैनन् । मन्त्रीले बनाएको ओमदेवी मल्ल संयोजकत्वमा रहेको समितिका सदस्यहरु समेत यसको विरोध गर्दै हिडेका छन् ।

कोरोना राहत एकद्धारा नीतिबाट परिचालन गर्ने सरकारको नीति विपरित महासंघले योजना अघि बढाएपछि सहकारी संघसंस्थाहरुले असहयोग गर्दै आएका हुन् । यसैगरी सबै सहकारीहरुको छाता संगठन भएपनि महासंघले मन्त्रीको दवावमा राजनीतिक रुपमा समेत विवाद हुने गरी कार्यक्रम अघि बढाएको हो ।

१५ लाख सहयोग गरिसक्दा पनि महासंघले सेन्टर संचालनबारे कार्यसमितिबाट पारित समेत गराएको छैन ।

महासंघले प्रभावकारी काम गर्न नसकेपछि सहकारी संस्थाहरु आफ्नो कार्यक्षेत्रभित्रका स्थानिय सरकारसँग मिलेर सहकार्य गरिरहेका छन् । अधिकांश संस्थाहरुले कार्यक्षेत्र भित्रका स्थानिय सरकारलाई राहत सहयोग गरेका छन् ।

महासंघले तत्परता नदेखाएपछि कोरोना संक्रमण नियन्त्रणमा सहकारीले पुर्याएको योगदानको अभिलेख बनाउन राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ संक्रिय भएका छन् । बैंक र नेफ्स्कूनले अनलाईनमार्फत सहकारीले विवरण पठाउन सकिने गरी सूचना संकलन सुरु गरेका छन् ।

नेफ्स्कूनले विपद् व्यवस्थापन कार्यविधि निर्माण गर्नुका साथै महामारीका समयमा सहकारी सेवा व्यवस्थापन सम्बन्धी १९ बुँदे मार्गदर्शन समेत जारी गरिसकेको छ । यस्तै तरलता व्यवस्थापनबारे पनि योजना अघि बढाएको छ ।

केन्द्रीय संघले सुरु गरेपछि बल्ल महासंघले पनि महामारीमा सहकारीले गरेको योगदानको तथ्यांक संकलन सुरु गरेको छ । कृषि उपज बिक्री गर्न सहयोग गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ