काठमाडौं । शेयर बजार जेठ २० गतेसम्म बन्द हुने भएको छ । सरकारले लकडाउनको अवधि बढाएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गर्दै उक्त अवधिभर बजार बन्द हुने जनाएको छ ।
लकडाउनकै बिचमा मंगलबार र बुधबार बजार खुल्ला भएको थियो । उक्त अवधिमा बजारमा अनावश्यक चलखेल भएपछि लगानीकर्ताको दवावमा गत विहबारबाट बजार पुन बन्द गरिएको थियो ।
यसअघि जेठ ५ गतेसम्म बजार बन्द गर्ने सुचना नेप्सेले जारी गरेको थियो ।
सरकारले लकडाउनलाई निरन्तरता दिएपछि नेप्से संचालक समितिले पनि शेयर बजार बन्द गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया