वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुई फड्को मार्न, एक फड्को पछाडी : अर्थमन्त्री

अर्थटुडे
२०७७ जेष्ठ १६, शुक्रबार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले शक्ति संचय गर्न सरकार एक फड्को पछाडी सरेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटको आकार घटाएकोबारे प्रष्टिकरण दिदै उनले भने ‘सामान्यता १० देखि १५ प्रतिशत बढाउने प्रचलन भएपनि बजेट घटेकाले हामी सामान्य अवस्थामा छैनौं भन्ने देखिन्छ’ खतिवडाले भने, ‘कोरोनापछि तिव्र आर्थिक विकासका लागि शक्ति संचय गरेका हौं, दुई फड्को अघि जान एक फड्को पछाडी हटेको अवस्था हो ।’

खतिवडाले चालु आर्थिक वर्षको तुलनामा ५८ अर्व रुपैयाँ कम गरी आगामी आवका लागि १४ खर्व ७४ अर्व रुपैयाँ बराबरको बजेट विहिबार संसदमा प्रस्तुत गरेका थिए ।

यसैगरी अर्थमन्त्री खतिवडाले कोरोना प्रभावित व्यवसाय र सर्वसाधारणलाई राहत दिन ६० अर्व बराबरको कार्यक्रम ल्याइएको जानकारी दिए । उनले सवै राहत नगदमा नहुने भन्दै नीतिगत व्यवस्थाबाट पनि सहुलियत दिइएको जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले रोजगारी गुमाएकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट काम र काम गर्न नसक्नेलाई ज्यालाको एक चौथाइ बराबर राहतबाट ३ अर्ब वितरण हुने जानकारी दिए । यस्तै विद्युत महशुल छुटबाट ८ अर्ब, हवाई सेवाका दस्तुर र पूर्वाधार कर छुटबाट सवा अर्ब, सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने लकडाउन भरिको रकमका लागि एक अर्ब १५ करोड, सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट १४ अर्ब, राष्ट्र बैंकमार्फत ५ प्रतिशत ब्याजमा एक खर्बको पुनकर्जाबाट २० अर्ब रुपैयाँ बराबरको राहत पुग्ने उनले दावी गरे ।

यस्तै कर छुट र सहुलियतबाट ६ अर्ब, खाद्य तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत खाद्यान्नमा १० प्रतिशत छुट गरेर बिक्री गर्दा ५० करोड रुपैयाँ राहत पुग्नेछ ।

खतिवडाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारलगायतका क्षेत्रलाई बजेटले प्राथमिकतामा राखेको जानकारी दिए । कोरोना संक्रमण र लकडाउनका कारण स्वदेश र विदेशमा रोजगार गुमाउनेलाई लक्षित गरी बजेटले ८ लाख थप रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ