काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पेट्रोलियम पदार्थको कर बढ्दा उपभोक्तालाई असर नपर्ने दावी गरेका छन् । विहिबार संसदमा प्रस्तुत गरेका आगामी आर्थिक वर्षको बजेटबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उपभोक्ता मूल्यलाई असर नपर्ने गरी कर बढाएको जानकारी दिए ।
नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ सस्तो भई चोरी निकासी हुने गरेको भन्दै त्यसलाई रोक्न पनि कर बढाउनुपर्ने आवश्यक रहेको अर्थमन्त्रीले स्पष्टिकरण दिए । ‘भारतमा भन्दा नेपालमा सस्तो भई चोरी निकासी हुने गरेकाले मूल्य समायोजन गर्न पेट्रोलियम पदार्थको कर बढाएको हो’ उनले भने, ‘यसबाट उपभोक्ता मूल्यमा पनि असर गर्दैन, आयल निगमको नाफा पनि घट्दैन ।’
करबृद्धिले उपभोक्तालाई असर नपर्ने उनले दावी गरे ।
सरकारले विहिबार प्रस्तुत गरेको बजेटमार्फत पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ भन्सार बढाएको छ।
प्रतिक्रिया