वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभुको हात शिरमा भएपछि बस्नेत फिर्ता गर्ने भए ओरियन्टलको रकम

अर्थटुडे
२०७७ श्रावण १६, शुक्रबार

काठमाडौ । ओरियन्टल सहकारीले करिव १० बर्ष अघि डुवेक निक्षेपकर्ताहरुको रकम फिर्ता गर्ने भएको छ । प्रधानन्याधिश चोलेन्द्र शमसेर राणाका भाई प्रभु शमसेर राणाले रकम दिने भएपछि बस्नेतले सम्पुर्ण ओरेन्टल सहकारीका निक्षेपकर्ताको रकम फिर्ता दिने भएको हो ।

उच्च स्रोतका अनुसार बस्नेतलाई राणाले रकम दिने र बस्नेतले रकम फिर्ता गर्न नसकेमा भक्तपुरको गुण्डु लगायतका विभिन्न स्थानमा रहेको जग्गा राणाको नाममा गरिदिने सहमति भएपछि बस्नेतले निक्षेपकर्ताहरुको रकम फिर्ता दिने भएका हुन् ।

उनले शुक्रबार सुचना जारी गरी आफ्ना निक्षेपकर्तालाई निक्षेप फिर्ता लिनको लागि ६० दिनभित्र फाराम भर्न अनुरोध गरिएको छ ।
निक्षेप फरफार गर्नका लागि सहकारीले यही साउन २९ गतेदेखि फाराम भर्नका लागि आवेदन खुलाउने सुचनामा जनाएको छ ।

सो सहकारीका अध्यक्ष सुधिर बस्नेतले पीडितहरुको आधिकारिक प्रतिनिधि कुन्तिदेवी पोखरेलसँग सहमति गरी भक्तपुरको गुण्डुलगायत देशका विभिन्न भागमा सहकारीको नाममा रहेको सम्पत्ति बिक्री गरी निक्षेपकर्ताको रकम फरफारक गर्ने सम्झौता गरेका थिए ।

सहकारीको सम्पत्ति कानूनी प्रक्रिया पूरा गरी २०७५ असार २६ गतेको त्रिपक्षीय सम्झौता र २०७६ बैशाख ३१ गतेको द्विपक्षीय सहमितको आधारमा मैलेक निक्षेपकर्तालाई रकम फरफारक गर्न लागेको हो बस्नेतद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

तोकिएको अवधिभित्र आफ्नो निक्षेप जम्मा गरेको खाता नम्बर, बचत रकम, सम्पर्क नम्बर, निक्षेपको विषयलाई लिएर मुद्दा गरे वा नगरेको ब्यहोरा उल्लेख गरी ओरियण्टल सहकारी संस्था लिमिटेडको वेवसाइटमा रहेको फारम भरी सहभागी हुन भनेको छ ।

यदी उक्त फारम नभरे निक्षेपकर्ताले यसअघि नै आफ्नो दायित्व फरफारक गरेको मानिने उल्लेख छ । पछिल्ला दिनमा असम्बन्धित मानिसहरु जम्मा भइ हुलहुज्जत गरेको नाजायज आश्वास दिएको र नाराबाजी गरेको भन्दै ओरियण्टलले फरफारकका लागि आफूहरु तयार रहेको र त्यस्तो काम नगर्न सम्बन्धीत निकायलाई आग्रह समेत गरेको छ ।

२०६७ सालमा नै ओरेन्टल सहकारीले धेरै रकम हाउजिङ व्यवासायमा लगाएर डुवेपछि निक्षेपकर्ताहरुको निक्षेप फिर्ता गर्न सकेको थिएन । निक्षेप रकम फिर्ता गर्न नसकेपछि ठगी मुद्धामा अध्यक्ष सुधिर बस्नेत जेल परेका थिए । निक्षेपकर्ताको रकम फिर्ता गर्ने सम्झौतापछि उनी जेलमुक्त भएका थिए । बस्नेत माथि १० अर्ब ठगी गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ