काठमाडौ । सरकारले विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको कार्यकारी निर्देशकमा जिम्मेवारी उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई तोकेको छ ।
कार्यकारी निर्देशकाको छनोट प्रक्रिया ढिलाई हुने भएपछि मन्त्रिपरिषद्ले अर्को व्यवस्था नभएसम्मका लागि जिम्मेवारी दिएको हो । रिज्याल मन्त्रालयमा औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा प्रमुख रहेका छन् ।
मन्त्रालयले २०७६ असोज ३० र मंसिर ४ गते कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको थियो । जसमा रघुराज काफ्ले र कुमार दाहाल, योगेन्द्र गौचन, जनार्दन गुरागाई, डा. चण्डिकाप्रसाद भट्ट र प्रदीपकुमार मैनालीको आवेदन परेको छ ।
मन्त्रालयले भदौ ६ गते लिखित परिक्षा तोकेपनि निषेधाज्ञाको कारण छनौट प्रक्रिया अन्यौलमा छ ।
प्रतिक्रिया