काठमाडौं । दाङमा मुख्य कार्यालय रहेको वेस्टर्न डेभलपमेन्ट बैंकले २ करोड ८ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा सो बैंकले १ करोड ३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैकले विहिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७०\७१ को चौथो त्रैमासको अपरिष्कृत वित्तिय विवरण अनुसार १ अर्व ३३ करोड ६३ लाख ६० हजार रुपैयाँ निक्षेप संकन गरेको छ भने कर्जा ता लगानी तर्फ ८६ करोड १६ लाख ९८ हजार रुपैयाँ रहेको छ । बैकको चुक्तापुँजी १० करोड ९० लाख रहेको छ ।
प्रतिक्रिया