वि.सं. २०८२ असार १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर बैंक एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

अर्थटुडे
२०७७ भाद्र १४, आईतवार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ग्राहकले जुनसुकै बैंकका एटीएम काउन्टरबाट पैसा निकाले पनि सेवा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले आईतबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कार्ड प्रयोग कर्तासँग कुनै शुल्क लिन नपाइने व्यवस्था गरेको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थाले लकडाउन अवधिमा एटीएम सेवा, इन्टरनेट, मोबाइल बैंकिङ लगायत विद्युतीय कारोबार निशुल्क गरेका थिए । लकडाउन खुल्ला भएसँगै पुनः शुल्क लिन थालेपछि । राष्ट बैंकले निर्देशन जारी गर्दै शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।

यसैगरी निर्देशनमा कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिनअगावै सोको सूचना ग्राहकलाई दिनुपर्ने तथा कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी दिनुपर्ने र एटीएम रहेको स्थानमा कारोबार सम्बन्धमा तत्काल कुनै जानकारीरसहयोग आवश्यक भएमा सो प्रयोजनका लागि सम्बन्धित कर्मचारीको नाम र मोबाइल नम्बर तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलीफोन नम्बर ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी नेपाली र अंग्रेजी भाषामा लेख्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ