काठमाडौं । अर्थमन्त्रीबाट शुक्रबार राजिनामा गरेका डा. युवराज खतिवडा पुनः छायाँ अर्थमन्त्रीका रुपमा सक्रिय हुन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालयलाई आफुसँगै राखेपछि उनका विश्वासपात्र खतिवडा सक्रिय भएका हुन् ।
आईतबार प्रधानमन्त्री ओलीले निजी क्षेत्रका उद्योगी तथा व्यवसायीलाई छलफलका लागि बोलाएका थिए । उक्त छलफलमा डा. खतिवडा समेत सहभागी भएका थिए ।
प्रधानमन्त्री ओली अर्थमन्त्रीका रुपमा खतिवडालाई नै निरन्तरता दिन चाहान्थे । तर नेकपा सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारीस गर्ने निर्णय गरेसँगै खतिवडाको सम्भावना अन्त्य भएको हो ।
आईतबारको भेटमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोर र उपाध्यक्ष हरिभक्त शर्मालगायतमा व्यवसायी सहभागी थिए ।
उनीहरुले निषेधाज्ञा खुकुलो पार्दै अर्थतन्त्रलाई चयालमान वनाउन आग्रह गरे ।
प्रतिक्रिया