काठमाडौं । तपाईलाई थाहा छ ? नेपालको सवैभन्दा ठूलो मानिस यानीकी राष्ट्र«पतिले महिनामा कति तलव पाउँछन् ? प्राइभेट कम्पनी वा यौटा कुनै वित्तिय संस्थाको सिइओले मासिक १५ लाख भन्दा बढी तलव थापिरहेका बेला यस्तो प्रश्न उठ्नु स्वाभाविकै हो ।
तर तपाईको कल्पनाभन्दा पर राष्ट्रपतिको तलव रहेको छ । सरकारले बढाएको तलव सहित गरेर राष्ट्रपति डा.रामवरण यादवले मासिक १ लाख २० हजार ३६० रुपैयाँ लिने गरेका छन् । यो बैंकर्सहरुको भन्दा निक्कै कम हो ।
त्यसैगरी उपराष्ट्रपति परमानन्द झाको मासिक ४६ हजार ४ सय २० रुपैयाँ रहेको छ । त्यसैगरी प्रधानमन्त्रीको ६१ हजार ८२०, उपप्रधानमन्त्रीको ५२ हजार १६०, मन्त्रीहको ४८ हजार ७७० ,राज्यमन्त्री ४६ हजार २२० र सहायकमन्त्रीको ४५ हजार १९० रुपैयाँ मासिक तलव लिने गर्दछन् ।
त्यस्तै सभामुखले मासिक ५३ हजार ८ सय ५० रुपैयाँ तलव थाप्ने गरेका छन् भने सभासदहरुले मासिक ४४ हजार सय ८० रुपैयाँ तलव थाप्ने गरेका छन् । प्रधानन्यायधिशले मासिक रुपमा ५८ हजार सय ४० रुपैयाँ तलव थाप्छन् भने न्यायधिशहरुले मासिक ४८ हजार ७४७ रुपैयाँ तलव लिने गरको अर्थमन्त्रालयले जनाएको छ ।
सरकारी कर्मचारीहरुमा सवैभन्दा कम पियनवा सो सरहका कर्मचारीहरुले १६ हजार १८० रुपैयाँ मासिक तलव थाप्ने गरेका छन् ।
प्रतिक्रिया