वि.सं. २०८२ असार १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपत्यकामा सहकारी बैंकका ४ शाखा सुरु

अर्थटुडे
२०७७ कार्तिक २४, सोमबार

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले काठमाडौं उपत्यकाभित्र एकैसाथ ४ शाखा संचालनमा ल्याएको छ । आईतबार भक्तपुरको कमलविनायक तथा काठमाडौंको किर्तिपुर, कालीमाटी र जोरपाटीमा शाखा सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंकले सहकारी बैंकलाई थप २४ वटा शाखा सञ्चालनको अनुमति दिएको थियो । चारवटा शाखा सञ्चालनमा ल्याएपछि बाँकी २० वटा शाखा पनि छिट्टै सञ्चालन गर्ने अध्यक्ष उप्रेतीले जानकारी दिए ।

बैंकले काठमाडौंमा नारायणगोपाल चोक, नयाँ बजार, पुतली सडक, बलम्बु र कोटेश्वर, भुक्तपुरको सूर्यविनायक, ललितपुरको इमाडोल र चितवनको टाडीमा पनि शाखा सञ्चालन गर्न लागेको छ । यस्तै प्रदेश नं. १ मा झापाको मेचीनगर, सुनसरीको इनरुवा र मोरङको सुन्दरहरैचा, प्रदेश नं. २ मा बाराको कलैया, गण्डकी प्रदेशमा कास्कीको तालचोक र स्याङ्जाको पुतलीबजार, लुम्बिनी प्रदेशमा रुपन्देहीको भैरहवा र तिलोत्तमा, दाङको तुलसीपुर, बाँकेको नेपालगञ्ज र बर्दियाको भुरीगाउँ तथा सुदुरपश्चिम प्रदेशमा कञ्चनपुरको महेन्द्रनगरमा शाखा सञ्चालनको तयारी भैरहेको बैंकले जनाएको छ ।

४४ वटा शाखामार्फत सदस्यहरु लाई सेवा प्रवाह गर्दै आएको सहकारी बैंकले आगामी पुस मसान्त भित्र ६८ वटै शाखामार्फत सेवा सञ्चालन गर्ने भएको छ । शाखासंगै शाखारहित सेवाको समेत तयारी भैरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

बैंकमा हाल १२ हजार २ सय ८३ सहकारी संघ संस्था सदस्य रहेका छन् । नेपाल सरकार सहित देशभरका सहकारी संघ सस्थाहरुको शेयर रहेको बैंकमा हाल २ अर्ब ४८ करोड शेयर रकम, ५१ अर्ब ३६ करोड निक्षेप र २४ अर्ब २८ करोड कर्जा लगानी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ