काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव सुरेशकृष्ण शर्मासहित दुई अधिकृतलाई घुस लिदालिदै पक्राउ गरेको छ ।
भवन निर्माण तथा सम्भार डिभिजन कार्यालय अनामनगरको कार्यालयमा अख्तियारको टोलीले ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्य दुइ अधिकृतहरुमा लेखा अधिकृत यादवबहादुर तिमल्सिना र शाखा अधिकृत रोशनबहादुर कठायत रहेका छन् ।
अख्तियारले बिहीबारै विशेष भौतिक पूर्वाधार तथा क्षेत्र विकास आयोजना बबरमहलका कोमानन्द अधिकारी र इन्जिनियर दीपा श्रेष्ठलाई पनि घुस सहित पक्राउ गरेको छ ।
अख्तियारको टोलीले अधिकारीबाट ४० हजार रूपैयाँ र श्रेष्ठबाट पनि ४० हजार रुपैयाँ घुस रकम बरामद गरेको हो ।
प्रतिक्रिया