काठमाडौं । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाका ६ हजार कर्मचारीमा संक्रमण फैलिएको छ । कोरोनाको महामारी बढ्दै गएपछि बैंकहरुले तिहारको सार्वजनिक बिदामा शाखा बन्द गर्ने भएका छन् ।
नेपाल बैंकर्स संघले मंगलबार सूचना प्रकाशित गरी कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म शाखा बन्द गर्ने जानकारी दिएको छ ।
यसअघि दशै विदाको अवधिमा पनि बैंकहरुले शाखा बन्द गरेका थिए ।
शाखाहरु बन्द भएपनि एटिएमलगायतका डिजिटल बैंकिङ सेवा भने सुचारु रहने संघले जनाएको छ ।
यसैगरी संघले कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकत्तम प्रयोग गर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रतिक्रिया